डिसी क्षेत्रमा रूप स्मृती एण्ड एवरेस्ट कप क्रिकेट प्रतियोगिता २०२४ हुने ,बिजेतालाई ५ हजार डलर र उपबिजेतालाई ३ हजार डलर पुरस्कार प्रदान गरिने

इनेप्लिज २०८१ वैशाख २२ गते ०:३९ मा प्रकाशित

अमेरिकाको डिसी क्षेत्रमा रूप स्मृती एण्ड एवरेस्ट कप क्रिकेट प्रतियोगिता २०२४ हुने भएको छ । क्रिकेट प्रतियोगिताको बिजेतालाई ५ हजार डलर र उपबिजेतालाई ३ हजार डलर पुरस्कार प्रदान गरिने छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति (एनआरएनए एनसीसी )अमेरिका र एवरेस्ट लायन्स फ्रेन्डशीप एसोसिएसनको संक्युक्त आयोजनामा मे २५-२७ मा दोश्रो रूप स्मृती एण्ड एवरेस्ट कप क्रिकेट प्रतियोगिता २०२४ हुने भएको छ । उक्त प्रतियोगितामा सहभागी हुन् ८ सय डलर राखिएको छ । उक्त प्रतियोगिताको लागि ७ वटा राज्यहरुबाट १२ वटा क्रिकेट टोलीले सहभागिता जनाउने भएका छन् ।

गत मे २ का दिन प्रत्यक्ष प्रसारण गर्दै प्रतियोगितामा सहभागी हुने खेल टोलीहरुका खेल तालिका समेत सार्वजनिक गरिएको छ । प्रथम हुने खेल टोलीको पुरस्कार एनआरएनए एनसिसि अमेरिकाले नगद तथा पुरस्कार प्रदान गर्ने छ भने उप बिजेतालाई प्रदान गरिने नगद रकम क्लासिक डाइमण्ड एण्ड ज्वेलरीले गर्नेछ ।

प्रतियोगितामा सहभागी हुने खेलटोलीहरुमा न्यूयोर्क,न्यू जर्सी,पेनसेलभेनिया ,नर्थ क्यारोलाइना ,मेरिल्याण्ड ,म्यासाचुसेट्स तथा भर्जिनिया रहेका छन् । यो क्रिकेट प्रतियोगिता स्वर्गीय शक्तित्तोलन खेलाडी रूप कार्कीको सम्झनामा स्थापना गरिएको हो ।

स्व कार्की अमेरिकाको डिसी क्षेत्रमा बसोबास गर्थे। आफ्नो वजनका अन्तरराष्ट्रिय स्वर्ण पदक बिजेता शक्तित्तोलक रुप कार्कीले थुप्रै पुरस्कारहरु प्राप्त गरेका थिए । स्वर्गीय शक्तित्तोलक कार्कीले २०७६ सालमा आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो वजन समूह मास्टर २ मा स्वर्ण पदक जितेका थिए ।

स्वर्गीय कार्कीले सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको आफ्नो वजन र उमेर समूहमा स्वर्ण पदक जितेका थिए । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने सम्भवत उनी पहिलो नेपाली खेलाडी थिए ।

स्वर्गीय कार्कीको नेपाल घर भैरहवा थियो भने उनि अमेरिकाको डिसी महागनरमा बसोबास गर्थे । अत्यन्तै दुखद कुरा केही बर्ष अगाडी नेपाल गएको समयमा उनको असामयिक निधन भएको थियो । स्वर्गीय रुप कार्कीका परिवारहरु अझै डिसी क्षेत्रमा बसोबास गर्छन ।

प्रतियोगिता भर्जिनिया राज्यको मनासस शहरमा हुने छ । बिस्तृत जानकारी लिन अभिजित राई तथा अर्जुन ध्वज खड्कासंग सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया