यमनको हुथी विद्रोहीद्वारा अमेरिकी मानव रहित यान (ड्रोन) खसालेको दाबी

इनेप्लिज २०८१ वैशाख १६ गते १०:३६ मा प्रकाशित

यमनका हुथी विद्रोहीहरूले गत शनिबार अमेरिकी सेनाको अर्को एमक्यु-९ रिपर मानव रहित यान (ड्रोन)लाई गोली हानेको दाबी गरेका छन् । साथै मानव रहित यानका ज्ञात टुक्राहरूसँग मिल्दोजुल्दो तस्बिरहरु समेत प्रसारण गरेका छन् ।

गाजा भूभागमा इजरायल-हमास बीच युद्धबिराम होस् भन्दै इजरायली आक्रमण रोक्न विद्रोहीहरूले थुप्रै आक्रमण जारी राखेका छन् । यस हप्ता उनीहरूले सतहबाट आकाशमा मार हान्ने क्षेप्यास्त्रले अमेरिकी मानवरहित यान (रीपर)लाई खसालेको बताए।

अमेरिकी वायुसेना अधिकारी कर्नल ब्रायन जे म्याकग्यारी तथा रक्षा विभागका प्रवक्ताले गत शनिबार “अमेरिकी वायुसेना एमक्यु-९ मानव रहित यान यमनमा दुर्घटनाग्रस्त भएको एपीलाई बताए । तर उनले विस्तृत विवरण नदिई अनुसन्धान भइरहेको बताए ।

हुथी विद्रोहीहरूले देशको सादा प्रान्तमा रहेको आफ्नो गढमा बिहीबार भएको आक्रमणको वर्णन गरेका छन्।

प्रतिक्रिया