अमेरिकाको नेभादामा ११ वर्षीय बालकलाई घरमा एक्लै छोडेर गएको फेला पारे पछि आमाबुवा पक्राउ

इनेप्लिज २०८१ वैशाख १४ गते ०:०७ मा प्रकाशित

अमेरिकाको नेभादा राज्यमा एक ११ वर्षीय बालकलाई घरमा एक्लै छोडेर गएको फेला पारे पछि आमाबुवालाई पक्राउ गरिएको छ ।

प्रहरीलाई उनीहरूको घरमा बोलाइएको थियो जहाँ उनीहरूले ११ वर्षीय बच्चालाई “ठूलो धातुको घेरामा राखिएको थियो,” अधिकारीहरूले बुधबार भने।

प्रहरीले ४६ बर्षिय मिस्टी स्क्यानलान र ४१ बर्षिय जेफरी स्क्यानलान,लाई हिरासतमा लिइएको छ । प्रत्येकलाई बाल दुर्व्यवहार र बेवास्ताको एक एक गणनामा मुद्दा दर्ता गरिएको हेन्डरसन प्रहरी विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

गत मंगलबार बिहान १०:१५ स्क्यानलानको घरमा आइपुगेपछि उनीहरुलाई पक्राउ गरिएको हो। सिबिएस सम्बद्ध केएलएएस -टिभी (दूरदर्शन)ले दिएको सूचना अनुसार एक बच्चा बिद्यालय बाट हराएको र घरबाट चिच्याएको सुने पछि बिद्यालयका अधिकारी घरमा आइपुगेका थिए। अधिकारीले प्रहरीसँग मद्दत मागेका थिए ।

ढोका खोल्न बुबालाई ४० मिनेट लागेको केलेएएसले समाचार प्रसारण गरेको छ । भित्र प्रहरी पसे पछि एउटा ठूलो घेरामा ११ वर्षीय बालकलाई ठूला धातुका बारमा ढोकाहरू बन्द गरेको भेट्टाएका थिए । प्रहरीका अनुसार उक्त घेरा कारागारमा कैदी बस्ने जस्तै गरि राखिएको थियो ।

बालकले टालो (डाइपर )लगाएको र भित्ताहरूमा बालकको फोहोर मल (बि स्टा)थुप्रिएको थियो । त्यहाँ अन्य ३ जना बालबालिकाहरु पनि रहेका थिए । एक बच्चाले त्यो धातुको बार करिव २ बर्ष देखि रहेको बताए । प्रहरीका अनुसार बालकलाई गम्भीर अटिज्म भएको उनीहरुले बताए । बाल सुरक्षा सेवाहरूले अन्य तीन बालबालिकालाई हिरासतमा लिएका छन् भने ११ वर्षीय बालकलाई अस्पताल पठाइएको छ ।

स्क्यानलान्सहरूलाई हेन्डरसन काउन्टी कारागार केन्द्रमा आरक्षण (बुक )गरिसकेपछि दुबैलाई भोलिपल्ट ५,००० धरौटीमा रिहा गरियो। उनीहरुलाई मे महिनामा अदालतमा हाजिर हुने कार्यक्रम रहेको सिविसन्यूजले जनाएको छ ।

प्रतिक्रिया