गाजामा इजरायल-हमास युद्धको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुका बिश्वबिद्यालयमा बिरोध प्रदर्शन ,सयौं गिरफ्तार

इनेप्लिज २०८१ वैशाख १३ गते २२:४३ मा प्रकाशित


अमेरिकाका विभिन्न राज्यहरुका बिश्वबिद्यालयमा गाजामा इजरायल-हमास युद्धको बिरोध प्रदर्शनमा सयौंलाई गिरफ्तार गरिएको छ ।

यसै सिलसिलामा प्रहरीले बिहीबार एटलान्टाको एमोरी विश्वविद्यालयमा प्रदर्शन हुँदा प्रहरीले केहीलाई हिरासतमा लिएको छ । हालैका दिनहरूमा न्यूयोर्कमा कैयौं चरणको बिरोध प्रदर्शनहरु भएका छन् । तनावपूर्ण प्रदर्शनका क्रममा क्यालिफोर्निया, म्यासाचुसेट्स, टेक्सस र अन्य राज्यहरूमा सयौं मानिसहरूलाई गिरफ्तार गरिएको छ।

बिहीबार बिहान इमोरीको क्वाडमा छाउनीमा कैयौं दर्जन प्रदर्शनकारीहरूले पाल टाँगेर बसेको सहायक उपाध्यक्ष लौरा डायमन्डले एक विज्ञप्तिमा भनिन ।

प्रदर्शनकारीहरूले प्यालेस्टिनीहरूलाई समर्थन गर्दै र एटलान्टामा निर्माण भइरहेको सार्वजनिक सुरक्षा प्रशिक्षण केन्द्रको विरोधमा नारा लगाए।

बिद्यालयको प्रहरी विभागले समूहलाई उनीहरूले अतिक्रमण गरिरहेको बताएको थियो, र प्रहरीले लगभग दुई दर्जन मानिसहरूलाई हिरासतमा लिएको छ ।

बोस्टनको इमर्सन महाबिद्यालय(कलेज)मा प्रहरीले प्यालेस्टिनी समर्थक एलीवे शिविर तोड्न खोज्दा रातभरि अराजकता मच्चिएको थियो । प्रहरीले बिहीबार १०८ जनालाई गिरफ्तार गरेको छ । र , चार प्रहरी अधिकारीहरुलाई चोटपटक लागेको छ ।

नजिकैको क्याम्ब्रिजमा, हार्वर्ड बिश्वबिद्यालयले यस हप्ता हार्वर्ड चौकमा पहुँच सीमित गरेर र पाल र टेबुलहरूको लागि अनुमति लिएर विरोध प्रदर्शन भएको सिबिएसन्यूजले जनाएको छ ।

त्यस्तै अर्को ९३ जनालाई गत बुधबार राति युनिभर्सिटी अफ सदर्न क्यालिफोर्निया( दक्षिणी बिश्वबिद्यालय)मा भएको विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएको थियो । उनीहरुलाई अतिक्रमण गरेको आरोपमा पक्राउ गरिएको लस एन्जलस प्रहरी विभागले जनाएको छ।

प्रतिक्रिया