अमेरिका नेपाल मेडिकल फाउन्डेसनको २८ औँ बार्षिक साधारण सभा शिकागोमा हुने

इनेप्लिज २०८१ वैशाख १२ गते २२:४३ मा प्रकाशित

अमेरिकामा १९९७ मा स्थापना भएको अमेरिका नेपाल मेडिकल फाउन्डेसनको २८ औँ बार्षिक साधारण सभा इलोनोइस राज्यको शिकागोमा हुने भएको छ ।

शिकागोमा आगामी जुन ७-९ ,२०२४ सम्म हिल्टन इट रोजमन्ट ,शिकागोमा हुने भएको छ ।

आयोजकहरु अहोरात्र खटिई रहेका छन् भने सहभागी हुने सबैले दर्ता तथा कोठा आरक्षण(रजिस्ट्रेसन तथा रुम बुक )सुरु भएकोले सबैलाई सक्दो छिटो दर्ता तथा कोठा लिन आयोजकहरुले आह्वान गरेका छन् ।

बिस्तृत जानकारी छिटै आउने आयोजकले ईनेप्लिजलाई बताएका छन् । यसैबीचमा फाउन्डेसनले मात्रीभूमिमा ठूला परियोजनामा काम गरि सकेको छ । स्थापना काल देखि गरेका सबै काम ,परियोजनाहरुका बारेमा संजालस्थल(वेबसाइट)बाट सम्पूर्ण जानकारी समेत लिन सकिने छ ।

केही दिन अगाडी मात्र काठमाडौँ स्थित नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर (खुडे तथा जलेकाहरुको उपचार केन्द्र) १ करोड ३० लाख हस्तान्तरण गरेको सामाजिक संजालमा सार्वजनिक गरेको छ ।

३ दिन सम्म चल्ने उक्त कार्यक्रम मुख्य जुन ८ शनिबारका दिन दिनभरी थुप्रै कार्यक्रमहरु हुनेछन् भने जुन ७ का दिन अतिथि/सहभागीहरुलाई स्वागत गरिने छ ।

यसैगरी जुन ९ आइतबारका दिन समितिको बिहान बैठक हुने र सम्मेलनको समापन हुनेछ ।

बिस्तृत जानकारी लिन [email protected].मा सम्पर्क गर्न सकिनेछ ।

दर्ता गर्न र बिस्तृत जान्न यहाँ थिच्नु होला : https://conference.anmf.org/?fbclid=Iw

प्रतिक्रिया