युक्रेनलाई प्रदान गरिएको सहायता स्वीकृतिले ‘लोकतन्त्रको ज्योति’ को रूपमा अमेरिकी भूमिकालाई बलियो बनाउने छ : जेलेन्स्की

इनेप्लिज २०८१ वैशाख १२ गते ११:१० मा प्रकाशित

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सिनेटलाई बिशेष धन्यबाद दिएका छन् ।

जेलेन्स्कीले गत मंगलबार अमेरिकी सिनेटले युक्रेनका लागि करिव ६१ बिलियन (अरब)डलर को सहायता संपुष्टि अनुमोदन गरे पछि उनले अगाडी भने “लोकतन्त्रको ज्योति” को रूपमा अमेरिकाको भूमिकालाई अझ बलियो बनाउँछ।

“म युक्रेनलाई महत्त्वपूर्ण सहायता स्वीकृतिको लागि अमेरिकी सिनेटप्रति आभारी छु,” जेलेन्स्कीले टेलिग्राम मार्फत एक विज्ञप्तिमा भने।

जेलेन्स्कीले महिनौं महिना सम्म अड्किएर ,अबरुद्ध भै ढिलाइ भए पछि युक्रेनको लागि नयाँ ६१ बिलियन डलरको सैन्य सहायता संपुष्टि (प्याकेज)अनुमोदन गरेकोमा अमेरिकी प्रतिनिधि सभालाई समेत २ दिन अगाडी कृतज्ञता व्यक्त गरेका थिए । उनले उक्त सहयोगले हजारौंको ज्यान बचाउन सक्ने बताएका थिए ।

आइतवार एनबीसीको एक अन्तर्वार्तामा जेलेन्स्कीले सिनेटले पारित गरेमा उनको देशले रूस विरुद्ध “विजयको मौका” पाउने बताएका थिए ।

यो समर्थनले युक्रेनको सशस्त्र बललाई वास्तवमै बलियो बनाउनेछ, र हामीसँग विजयको मौका हुनेछ,” जेलेन्स्कीले क्रिस्टन वेल्करलाई भने। हवाई रक्षा र लामो दूरीको तोपहरू रूस विरुद्ध आफ्नो देशको रक्षामा शीर्ष प्राथमिकताहरू रहेका उनले बताए ।

प्रतिक्रिया