हेब्रोनमा प्यालेस्टिनी महिलाले इजरायली सैनिकलाई छुरा प्रहार गर्ने प्रयास गरेपछि गोली हान्दा महिलाको मृत्यु

इनेप्लिज २०८१ वैशाख १२ गते १०:४५ मा प्रकाशित

हेब्रोनमा प्यालेस्टिनी महिलाले इजरायली सैनिकलाई छुरा प्रहार गर्ने प्रयास गरेपछि गोली हान्दा महिलाको मृत्यु भएको छ ।

इजरायली रक्षा बलका अनुसार एक प्यालेस्टाइनी महिलाले इजरायली सैनिकलाई छुरा प्रहार गर्ने प्रयास गरेपछि पश्चिम किनाराको हेब्रोनमा रहेको चौकी (चेकपोस्ट)मा इजरायली सेनाले गोली हान्दा महिलाको ज्यान गएको छ।

माइमुनाह अब्देल अल-हामिद हरहशा नामक २० वर्षीया महिलाको हेब्रोनको उत्तरमा कब्जामा रहेको स्थलबाट चलाएको गोली लागेर मृत्यु भएको प्यालेस्टिनी नागरिक मामला सम्बन्धी कार्यालयले बुधबार जनाएको छ।

इजरायल रक्षा बलका अनुसार सैनिकहरूमाथि छुरा प्रहार गर्ने प्रयासलाई विफल पारिएको जनाएको छ । महिला चक्कु साथ सशस्त्र थिइन् । उनि सिपाहीहरू तर्फ दौडिन र प्रहरीले गोली चलाउदा उनको ज्यान गएको र आईडिएफका कसैलाई कुनै चोटपटक विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया