बेलायतद्वारा रुवाण्डा निर्वासन विधेयक स्वीकृत गरेको केही घण्टापछि बेलायती जलपथ (इङ्लिस च्यानल)पार गर्दा कम्तीमा ५ जनाको मृत्यु

इनेप्लिज २०८१ वैशाख ११ गते ११:२७ मा प्रकाशित

बेलायतले आप्रवासी निर्वासन विधेयकलाई स्वीकृत गरेको केही घण्टापछि इङ्लिस च्यानल (बेलायती जलपथ ) पार गर्ने क्रममा कम्तीमा ५ जनाको मृत्यु भएको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् ।

मङ्गलबार उत्तरी फ्रान्सको विमेरोक्स समुद्र तटमा शवहरू फेला परेको भोइक्स डु नर्ड पत्रिकाले जनाएको छ। उद्धार कार्य जारी रहेको र उदग्रबिमान (हेलिकप्टर )र डुङ्गाहरू तैनाथ गरिएको क्षेत्रीय पत्रिकाले जनाएको छ।

एनबिसीन्यूजका अनुसार करिब १०० आप्रवासीलाई उद्धार गरी फ्रान्सेली नौसेनाको जहाजमा राखिएको छ। उनीहरूलाई बोलोन बन्दरगाहमा लगिने फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले रुवान्डामा एकतर्फी टिकटमा केही आप्रवासी पठाउने पछिल्लो प्रयासले संसदबाट अनुमोदन पाएको केही घण्टापछि मात्रै यस्तो भएको हो। बेलायतमा पुगेपछि शरण लिन सक्ने र डुङ्गामा आफ्नो ज्यान जोखिममा पार्ने आप्रवासीहरूका लागि गैरकानूनी रूपमा देशमा प्रवेश गर्ने केहीलाई बेलायत सरकारले देश निकाला गर्ने योजना बनाएको छ।

मानवअधिकार समूहहरूले उक्त कानूनलाई अमानवीय र क्रूर भनेका छन्। संयुक्त राष्ट्र शरणार्थसंस्था (एजेन्सी) र युरोप परिषद दुबैले मंगलबार बेलायत लाई विश्वव्यापी आप्रवासी संकटसँग जुध्न अन्तर्राष्ट्रिय सहयोगलाई नोक्सान पुर्‍याउने भयका लागि आफ्नो योजनाहरूमा पुनर्विचार गर्न आह्वान गरेका छन्।

बेलायत सरकारको तथ्याङ्क अनुसार सन् २०२३ मा अनुमानित ३० हजार मानिसहरूले पार गरेका थिए ।

प्रतिक्रिया