गाजामा इजरायली बन्धकहरुलाई रिहा गर्न र स्थिति बारे छलफल गर्न इजरायली युद्ध मन्त्रिपरिषद् आइतवार बैठक सम्पन्न

इनेप्लिज २०८१ वैशाख १० गते १६:५८ मा प्रकाशित

इजरायली युद्ध मन्त्रिपरिषद्ले गाजामा रहेका बाँकी बन्धकहरूलाई मुक्त गर्ने प्रयासहरूबारे छलफल गर्न स्थानीय समयअनुसार आइतबार राति बैठक गरेको इजरायली अधिकारीले बताए।

युद्ध मन्त्रिपरिषद् -प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रक्षा मन्त्री योभ गैलान्ट र राष्ट्रिय एकता दलका अध्यक्ष बेनी गान्ट्जले बनेको छ।

आइतवार निस्तार चाड मनाउन सरकारी छापा कार्यालयले जारी गरेको एक श्रव्यदृश्यको  वक्तव्यमा नेतान्याहुले भने हाम्रा १३३ प्रिय दाजुभाइ दिदीबहिनीहरू अझै पनि हमासको नरकमा कैद छन्।

नेतान्याहुले हमासलाई बन्धक सम्झौताको प्रस्तावलाई “पूरै” अस्वीकार गरेको आरोप लगाए ।  इजरायलले छिट्टै “अतिरिक्त र पीडादायी प्रहार” गर्ने र बन्धकहरूलाई मुक्त गर्न हमासमाथि “सैन्य र राजनीतिक दबाब” बढाउने बताए।

प्रतिक्रिया