इजरायलद्वारा सहायता बिधेयक पारित गरेकोमा अमेरिकी सदनलाई धन्यवाद

इनेप्लिज २०८१ वैशाख ८ गते २०:२२ मा प्रकाशित

इजरायलले सहायता बिधेयक पारित गरेकोमा अमेरिकी तल्लो सदन प्रतिनिधि सभालाई बिशेष धन्यवाद दिएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल सहायता विधेयक पारित गरेकोमा अमेरिकी सदनलाई धन्यवाद दिएका छन्।

सामाजिक संजाल मार्फत उनले अमेरिकी कंग्रेसले भर्खरै एक धेरै सराहनीय सहायता विधेयक पारित गरेकोमा हर्ष व्यक्त गरेका छन् । यो पारितले इजरायलको लागि कडा द्विपक्षीय समर्थन र पश्चिमी सभ्यताको रक्षा गर्नेछ भन्दै नेतान्याहुले सामाजिक सञ्जालमा अमेरिकाको प्रशंसा गरेका छन् ।

त्यस्तै इजरायलका विदेश मन्त्री इजरायल काट्जले पनि सदनलाई धन्यवाद दिँदै यो उपाय छिट्टै अमेरिकी माथिल्लो सदन सिनेटमा बलियो द्विपक्षीय समर्थनको साथ पारित हुने कुरामा आशाबादी भएको बताएका छन् ।

अत्यधिक द्विपक्षीय समर्थनको साथ इजरायल सहायता संपुष्टि(प्याकेज)मा भएको मतदानले इजरायल र अमेरिका बीचको बलियो सम्बन्ध र रणनीतिक साझेदारीलाई प्रमाणित गर्दछ र हाम्रा शत्रुहरूलाई कडा सन्देश पठाउँदछ,सामाजिक संजालको टिप्पणीमा भनिएको छ ।

प्रतिक्रिया