तीन अफ्रिकी धावकहरूले अर्ध म्याराथनमा जानाजानी एक चिनियाँ प्रतिस्पर्धीलाई जित्न दिए पछि पदक खोस्यो ,थप दौडहरूमा प्रतिबन्ध

इनेप्लिज २०८१ वैशाख ८ गते १०:४४ मा प्रकाशित

तीन अफ्रिकी धावकहरूले अर्ध (हाफ) म्याराथनमा जानाजानी एक चिनियाँ प्रतिस्पर्धीलाई जित्न दिए पछि सबैको पदक खोसिएको छ । साथै उनीहरुलाई थप दौडहरूमा प्रतिबन्ध लगाईएको सिएनएनले जनाएको छ ।

आयोजकहरूका अनुसार बेइजिङ अर्ध म्याराथनका शीर्ष चार अन्तिममा पुगेका थिए । तीन अफ्रिकी धावकहरूले जानाजानी एक चिनियाँ प्रतिस्पर्धीलाई जित्नको लागि अन्तिम चरणमा नजिक ढिलो कुदेको आयोजकहरुले पछि पत्ता लगाएका थिए ।

चीनका हे जेईले गत आइतबारको दौडको अन्तिम रेखा १:०३:४४ मा पार गरी स्वर्ण पदक र ५,५०० डलरको प्रथम पुरस्कार जितेका थिए । अफ्रिकी ३ जना लाई संयुक्त रुपमा दोश्रो स्थानमा मात्र एक सेकेन्ड पछाडि पारेका थिए ।

अन्तिम चरणमा श्रब्य दृश्य अनुसार केन्याका विली मनाङ्गट उनीतिर फर्केको र चारजना मानिसहरू संगसंगै उनलाई अगाडि बढ्न इशारा गरिरहेको देखाइएको छ। पूर्व ५ किलोमिटरको विश्व कीर्तिमानी रोबर्ट केटर केन्याका धावक पनि र इथियोपियाका डेजेने हाइलुलाई पछाडि फर्कन संकेत गर्दै अगाडी बढन इशारा गरिएको उक्त श्रब्य दृश्य(भिडियो)मा देखाईएको सिएनएनले जनाएको छ ।

धेरैले अनुसन्धानको लागि आह्वान गरे र आयोजकहरूबाट कारबाही माग गरेका थिए । शुक्रबार एक विज्ञप्तिमा आयोजक समितिले चारै धावकहरूको नतिजा रद्द गरेको छ ।

तीन अफ्रिकी धावकहरूलाई चीनमा आमन्त्रित गरेको थियो तर समितिले बेइजिङ अर्ध (हाफ )म्याराथन आयोजना गर्न अयोग्य ठहर गर्‍यो । यस मौशम दौडहरू प्रायोजित गर्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया