बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’ भिडियो पसल एपमा रिलिज

इनेप्लिज २०८१ वैशाख ६ गते १०:५३ मा प्रकाशित

कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज गरिएको छ । नयाँ वर्षको छेको पारेर रिलिज गरिएको उक्त चलचित्र नेपाल बाहिरबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको छ ।

चलचित्र ‘एक भगवत् र एक गीता’ लैङ्गिक अल्पसङ्ख्यक समुदाय र मधेसको कथावस्तुमा निर्माण गरिएको हो । यो चलचित्रले विभेद, समानता र न्यायको सन्देश दिने प्रयास गरेको जनाइएको छ ।

झरना थापाको निर्देशन रहेको चलचित्रमा विपिन कार्की, सुहाना थापा र धिरज मगर सँगै कबिर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर र धिरज ठाकुरको पनि अभिनय रहेको छ । सुनिलकुमार थापाको निर्माणमा बनेको चलचित्रको कथा निर्देशक झरना थापाको रहेको छ ।

नयाँ वर्षको माहौलमा विदेशमा रहनु हुने दर्शकहरूका लागी चलचित्र ‘एक भगवत् र एक गीता’ राम्रो कोशेली हुने भिडियोपसलका संस्थापक निश्चल पाण्डे बताउँछन् । बिशेषत विदेशमा सब परिवार एक साथ नेपाली चलचित्रमा रमाउने हुँदा उक्त चलचित्र सम्पूर्ण वर्गका दर्शकको लागी फिट हुनेमा उनी बिश्वस्त छन् ।

सबै स्मार्ट डिभाइसमा भिडियो पसल एप डाउनलोड गरी फिल्म हेर्न सकिन्छ । भिडियो पसलमा २ ।९९ डलर देखी ५ ।९९ डलरसम्म विभिन्न प्याकेज लिई ४क गुणस्तरमा पनि फिल्म हेर्न सकिन्छ । उपलब्ध फिल्महरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ ।

२०१७ देखि सञ्चालनमा रहेको भिडियो पसलमा ‘छक्का पन्जा ४’, ‘झिङ्गेदाउ’ ‘मन्त्र’, ‘लाखे’ लगायतका चलचित्रहरू हेर्न सकिन्छ । एपमा चलचित्रसँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन् ।

Movie Link:

https://play.google.com/store/apps/details?id=xyz.satyatech.VideoPasal&pli=1

प्रतिक्रिया