अर्थमन्त्री बर्षमान पुनलाई अमेरिकामा भब्य स्वागत गरियो

इनेप्लिज २०८१ वैशाख ६ गते १०:०७ मा प्रकाशित

वाशिंगटन डिसी – अन्तररास्ट्रिय मुद्रा कोष र बिश्व बैंकको संयुक्त बैठकमा भाग लिन आएका अर्थमंत्री बर्षमान पुनलाई राजधानी वाशिंगटन डिसीमा भब्य स्वागत गरिएको छ।

मंत्री बर्षमान पुनको स्वागतार्थ यही अप्रिल १७ तारिख बुधबार साँझ वाशिंगटन डिसी स्थित राजदूत निवासमा अमेरिकाका लागी नेपाली राजदूत श्रीधर खत्रीद्वारा आयोजित रात्रीभोज सहितको भब्य स्वागत समारोहमा अमेरिकी सरकारका पररास्ट्र राज्यमंत्री ( डेपुटी एसिस्टेन्ट सेक्रेटरी ) सुश्री आफ्रिन आक्तेर बिशिस्ट अतिथीको रुपमा सहभागी थिईन्। यसैगरी, बिश्व बैंकका भाईस् प्रेसिडेन्ट , बिश्व बैंक ग्रुपकै डि०एफ्०सी० प्रमुख, यु०एस०ए०आई०डि० र
एम०सी०सी० का उच्च पदस्थ पदाधिकारीहरु जस्ता संसारकै अती बिशिस्ट अधिकारीहरु मंत्री बर्षमान पुनको स्वागतार्थ उपस्थित थिए । यसैगरी, अमेरिकी संशद भवन ( क्यापिटल हिल ) , अमेरिकी सरकारको पररास्ट्र मंत्रालय ( स्टेट डिपार्टमेन्ट ) र व्हाईट हाउस् का उच्च पदस्थ अधिकारीहरु सबै मंत्री बर्षमान पुनको स्वागतार्थ उपस्थित थिए।

वाशिंगटन डिसी स्थित नेपाली दूतावासका उप-नियोग प्रमुख कुमार खरेल, ईकोनोमिक काउन्सिलर, सैनिक सहचारी कर्नेल, फस्ट सेक्रेटरीको जिम्मेवारी सम्हाली रहेका उत्तम घिमिरे, थर्ड सेक्रेटरी लाल बहादुर अर्याल सबैजना पाहुनाहरुको स्वागतमा व्यस्त देखिन्थे । नेपाल सरकारका अवैतनिक महा-बाणिज्यदूत प्रेमराजा महत र प्रबासी नेपाली मंचका प्रभु थापा २ जनाले बाल्टिमोरको प्रतिनिधित्व गरेका थिए। नर्थ अमेरिकाको जेठो संस्था अमेरिका नेपाल सोशाईटी ( १९६७ ) का पूर्ब अध्यक्ष खेम भट्टचन , अर्का पूर्ब अध्यक्ष प्रेम संग्रौला , नेपाली पत्रकारहरुको अन्तरास्ट्रिय संजाल ( ईन्जा ) का अध्यक्ष गुणराज लुईटेल , डा० श्याम केसी सबै अर्थमंत्री पुनको स्वागतार्थ उपस्थित थिए।

अमेरिकाका लागी नेपाली राजदूत श्रीधर खत्रीले समारोहमा स्वागत-मन्तब्य राख्दै अर्थमंत्री बर्षमान पुनलाई वाशिंगटन डिसीमा स्वागत गरेका थिए र अमेरिकी सरकारका पररास्ट्र राज्यमंत्री ( डेपुटी एसिस्टेन्ट सेक्रेटरी ) सुश्री आफ्रिन आक्तेरको मन्तब्य पछी अर्थमंत्री बर्षमान पुनले नेपालले आई० टी० मा चमत्कारीपूर्ण आम्दानी गरेको र अर्को बर्ष आई० टी० बाट मात्रै रु० डेढ खरब जती आम्दानी हुने देखिएकोले अमेरिकामा रहेका नेपालीहरुले नेपालमा आई० टी० र हाईड्रोमा लगानी गर्न आब्ह्वान गरे। दूतावासमा फस्ट सेक्रेटरीको जिम्मेवारी सम्हाली रहेका डिप्लोम्याट उत्तम घिमिरेले बडो छिटो छरितो तरिकाले चिटिक्क पारेर अंग्रेजीमा कार्यक्रम संचालन गरेका थिए।

मंत्री बर्षमान पुन अप्रिल १९ तारिख सुक्रबार वाशिंगटन डिसी बाट नेपाल फर्कने कार्यक्रम रहेको कुरा खेम भट्टचनले बताए।

प्रतिक्रिया