इजरायलमा हेजबुल्लाहको आक्रमणबाट कम्तीमा १८ जना घाइते 

इनेप्लिज २०८१ वैशाख ५ गते १७:०२ मा प्रकाशित

उत्तरी इजरायलमा हेजबुल्लाहको आक्रमणबाट कम्तीमा १८ जना घाइते भएका स्वास्थ्य अधिकारीले बताएका छन् ।

उत्तरी इजरायलको एउटा गाउँमा बुधबार हेजबुल्लाह मानवरहित यान( ड्रोन) आक्रमण गरेपछि कम्तीमा १८ जना घाइते भएका छन्। 

१८ जना घाइते मध्ये  दुई जनाको अवस्था गम्भीर र चार जनाको अवस्था सामान्य रहेको सिएनएनले जनाएको छ । 

उत्तरी इजरायली शहर नहारियामा रहेको ग्यालिली औषधालयका  प्रवक्ताका अनुसार अन्य ११ जनालाई सामान्य चोटपटक लागेको छ। 

प्रवक्ताले दिएको जानकारी अनुसार  धेरैजसो छर्राबाट घाइते भएका थिए।

लेबनानको इरान समर्थित हेजबुल्लाह लडाकु समूहले बुधबार एक विज्ञप्ति जारी गर्दै मङ्गलबार आफ्ना लडाकुहरूको हत्याको जवाफमा उत्तरी इजरायलमा रहेको सैन्य मुख्यालयमा क्षेप्यास्त्र र मानवरहित यान( ड्रोन) ले  आक्रमण गरेको जनाएको छ ।

प्रतिक्रिया