अमेरिकाको ओहायोमा ८१ बर्षिय बृद्धले घोटाला (स्क्यामर)गर्ने व्यक्ति सम्झी गोली चलाउदा एक उबर महिला चालकको मृत्यु

इनेप्लिज २०८१ वैशाख ५ गते १०:४० मा प्रकाशित

अमेरिकाको ओहायो राज्यमा एक ८१ बर्षिय बृद्धले घोटाला (स्क्यामर)गर्ने व्यक्ति सम्झी गोली चलाउदा एक उबर महिला चालकको मृत्यु भएको छ ।

वृद्धलाई उबर चालकको हत्या गरेको अभियोग लगाइएको छ ।

विलियम ब्रोकले गत मार्च २५ का दिन लोलेथा हललाई गोली हानेका थिए । क्लार्क काउन्टी शेरिफको कार्यालयका अनुसार हललाई स्थानीय अस्पताल लगिएको थिए भने पछि उनको त्यहा मृत्यु भएको थियो ।

एक आपराधिक उजुरी अनुसार आफ्नो दक्षिण चार्ल्सटन घर बाहिर लोलेथा हललाई धेरै पटक गोली हानेका थिए । ब्रोकले प्रहरीलाई दिएको बयान अनुसार गोली हान्नु अघि उनलाई एक पुरुषले धम्कीपूर्ण दूरवार्ता (फोन कल)हरू प्राप्त गरेको बताए । उक्त व्यक्तिले धम्की र उनको परिवारलाई समेत हानि पुर्‍याउने धम्की दिन थालेको उनले प्रहरीलाई बताए ।

त्यसै समयमा जब ६१ वर्षीया हल ब्रोकको निवासमा उबरमा आई पुग्दा उनले घोटाला /ठग गर्ने उनि नै सम्झी उनलाई धेरै पटक गोली हानेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया