बाग्लुंग समाज अमेरिका मेरिल्याण्डले चैते दशैको अवसरमा नव दुर्गा पूजा ,राम नवमी पूजा र चण्डी पाठ गर्ने ,प्रसाद समेत वितरण गरिने

इनेप्लिज २०८१ वैशाख ४ गते २१:१९ मा प्रकाशित

बाग्लुंग समाज अमेरिका मेरिल्याण्डले चैते दशैको अवसरमा नव दुर्गा पूजा ,राम नवमी पूजा र चण्डी पाठ बैधिक बिधि अनुसार गर्ने भएको छ । आगामी अप्रिल १७ ,२०२४ बुधबारका दिन हिन्दु बुद्ध मन्दिरमा पूजा पाठ सहित प्रसाद समेत वितरण गरिनेछ ।

यस बर्षको चैते दशैको अवसरमा यसक्षेत्र र आसपासका सम्पूर्ण भक्तजनहरुलाई उपस्थितिको लागी समेत अनुरोध समाजले गरेको छ ।

बाग्लुंग समाज अमेरिका मेरिल्याण्डका अध्यक्ष निर थापाले १०:०० बजे पूजा शुरू हुने , ११:०० बजे चण्डी पूजा सुरु र १:०० बजे प्रसाद र फल फूल वितरण- भजन कृतन हुने इनेप्लिजलाई बताए ।

प्रतिक्रिया