बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको पुलबाट बेपत्ता भएका मध्ये उद्धारकर्ताद्वारा चौथो शव फेला

इनेप्लिज २०८१ वैशाख ४ गते १२:५५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जहाजको ठक्करबाट भत्किएको पुलबाट बेपत्ता भएका मध्ये चौथो शव उद्धारकर्ताले फेला पारेका छन् ।

बाल्टिमोरको निकै महत्वपूर्ण उक्त कि ब्रिज नामक (पुल)बाट उद्धार कार्यमा संलग्न उद्धारकर्ताहरुले चौथो शव फेला परेको सिबिएसन्यूज जनाएको छ ।

चौथो शव गत आइतवार कि ब्रिज(पुल )भत्किएको ठाउँमा डुबेको गाडी भित्रबाट शव बरामद गरिएको एकीकृत कमाण्डले जनाएको छ।

पीडितको पहिचान हुन नसकेको सिबिएसन्यूजले उल्लेख गरेको छ । हराएको उक्त निर्माण सवारी साधन नदीमा खसेको र मानिस भित्र फसेका थिए ।

गत मार्च २६ का दिन बिहान १ः३० बजेको समयमा डाली नामको पोतभर (कार्गो )जहाज कि ब्रिज अर्थात् पुलमा ठोक्किएको थियो । त्यहाँ आठ जना निर्माण मजदुरहरु पटापस्को नदीमा डुबेका थिए । उनीहरु पुलमा खाल्डाखुल्डी मर्मत गरिरहेका थिए ।

उक्त समय दुई निर्माण मजदुरको उद्धार गरिएको थियो भने अहिले चार जनाको शव फेला पारिएको छ । दुई जना अझै बेपत्ता छन् र उनीहरु जीवित नरहेको अनुमान गरिएको छ।

टोलीले ३५ वर्षीय मेनर यासिर सुआजो–स्यान्डोभल, ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस र २६ वर्षीय डोर्लियन कास्टिलो क्याब्रेराको शव फेला पारेको छ ।

प्रतिक्रिया