बाल मनोबैज्ञानिक `सारंग´ को शुभ मुर्हुर्तसंगै सुटिङ सुरु

इनेप्लिज २०८१ वैशाख ३ गते १७:५७ मा प्रकाशित

काठमाडौ,०३ बैशाख ।

बाल मनोबिज्ञानिक बिषयमा आधारित फिल्म `सारंग´को शुभमुहुर्तसंगै आइतबारबाट सुटिङ सुरु भएको छ । केही दिन अघि घोषणा गरिएको फिल्मको पूर सुटिङ काठमाडौ आसपासमै समापन गरिने छ ।

प्रशान्त तामाङको निर्देशनमा ऋचा शर्मा मुख्य भूमिकामा रहेको फिल्मको कान्जिरोवा स्कुल,कोटेश्वरमा क्यामेरा तथा स्कृप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्युल करिव एक महिना रहेको छ ।

कोरियोग्राफरको रुपमा समेत परिचित निर्देेशक तामाङकै लेखन रहेको फिल्म बाल मनोबिज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा प्रस्तुत गरिदैछ। यसअघि पनि बालमनोबिज्ञानको बिषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्त फिल्ममार्फत समाजलाई केही सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउछ्न ।

दर्शन बुद्ध फिल्मसको ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचाका साथमा उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,निरज ब्ल्याक,दीपीका थापा,सुमन सागर जंग केसीका साथमा बालकलाकार द्वय सम्राट थापा र आदित्य कार्की मुख्य भुमिकामा छन। सारंग बालदिवसको छेकोमा रिलिज गरिने बताएको छ ।

प्रतिक्रिया