इजरायलद्वारा रुग्ण वाहिनी (एम्बुलेन्स)चालक दल सहित १५० गाजा बन्दीहरूलाई रिहा

इनेप्लिज २०८१ वैशाख ३ गते ११:०३ मा प्रकाशित

इजरायली अधिकारीहरूले रुग्ण वाहिनी (एम्बुलेन्स) चालक दल सहित १५० जना गाजा बन्दीहरूलाई रिहा गरेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।

प्यालेस्टिनी नाका तथा सीमा निकायका अनुसार इजरायली अधिकारीहरूले गाजामा पहिले हिरासतमा राखिएका १५० जनालाई रिहा गरेका छन् ।

हिरासतमा रहेका दुई जना प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका रुग्ण वाहिनीक समेत कामदार थिए ।

प्यालेसटाइन रेडक्रस क्रेसेन्ट सोसाइटी( पिआरसिएस) को एक विज्ञप्ति अनुसार २५ फेब्रुअरीमा खान युनिस शहरको अल-अमल अस्पतालबाट बिरामीहरूलाई बाहिर निकाल्ने प्रयास गर्दा उनीहरूलाई सैन्य चौकीमा हिरासतमा राखेर ५० दिनसम्म थुनामा राखिएको थियो।

संघका ६ जनालाई अझै हिरासतमा राखिएको छ भने उनीहरुको अवस्था अज्ञात छ, पिआरसिएसको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया