अमेरिकाको मनाससमा अप्रिल २० शनिबारका दिन भब्य रुपमा तेस्रो बिस्का जात्रा मनाइदै

इनेप्लिज २०८१ वैशाख २ गते १९:४६ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा अप्रिल २० का दिन भब्य रुपमा तेस्रो बिस्का जात्रा मनाइने भएको छ । जात्रा ल्याम्ह अमेरिका गुठीले आयोजना गर्ने उक्त कार्यक्रम मनासस शहरको स्प्लाश डाउन वाटर पार्कमा हुनेछ ।

यस अघि नै दुई पटक सफलतापूर्वक सम्पन्न गरि सकेको बिस्का :जात्रा तेश्रो पटक मनाउन लागिएको हो । यस पटक यस कार्यक्रमको लागि अन्य राज्यहरुबाट पनि सहभागीहरु आउने अपेक्षा गरिएको छ ।

सबैलाई सहभागी हुन् गुठीले आह्वान गरेको छ ।

नेपालमा बैशाख १ गते कै दिन मनाईने यो जात्रा डिसी महानगर क्षेत्रको लागी निकै महत्वपूर्ण हुनेछ । यस क्षेत्रका नेपाली समुदायहरुले निकै अभिरुचिका साथ यस पर्वलाई हेरेका छन् ।

जात्रा दिउसो १२ बजे सुरु हुने छ भने साँझ ५:३० सम्म चल्ने छ । उक्त जात्रामा धिमे नृत्य ,कुमारी नृत्य ,सारंगी फ्युजन(मिश्रित) ,सांगीतिक प्रस्तुति , पारम्परिक नृत्य लगायत अन्य प्रस्तुति हुनेछ ।

साथै जात्रा उत्सवमा बालबालिकाको मनोरंजनको लागि मुखाकृति चित्रकला(फेस पेन्टिंग) कला तथा शिल्पकला तथा चित्रक्रिया (पेन्टिंग) लगायतको आयोजना गरिने छ ।

साथै समय बजी भोय आदिको प्रवन्ध गरिने भएको गुठीका सभापति पुस्कर प्रजापतिले बताए । साथै यसै ध्वजा (ब्यानर)मा रहेको स्क्यानबाट दर्ता समेत गरिन सकिने छ ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ भने थिमिमा तीन दिन मनाइन्छ । जात्रा बिषेशत भक्तपुरमा तथा धापासि, तोखा र थिमिमा बार्षिक रूपमा मनाइने पर्व हो ।

प्रतिक्रिया