पूर्व अरनिको यातायात प्रालीले रुकुम पश्चिम बस सेवा सञ्चालनमा

बेद प्रसाद घिमिरे २०८१ वैशाख १ गते ११:४५ मा प्रकाशित

कर्णाली प्रदेशको रुकुम पश्चिममा अरनिको यातायातले आफ्नो बस सेवा सुचारु गरेको छ । आज जडिबुटी बसपार्कमा एक औपचारिक कार्यक्रमका वीच अरनिको यातायातको रुकुम पश्चिम काठमाण्डौ सेवा माननीय पूर्ण बहादुर घर्तीले उद्घाटन गरि सुचारु गरिएको छ । सो कार्यक्रमलाई उद्घाटन गर्दै माननीय घर्तीले सुरक्षित भरपर्दो यात्रुमुखी यात्रा गराउन अरनिको यातायात प्रालिले ५१ वर्ष लामो अनुभवबाट सक्ने आशा व्यक्त गर्नुभयो। सो कार्यक्रम लाई सम्बोधन गर्दै पूर्व अरनीको यातायात प्रालीका कोषाध्यक्ष राजु पौडेलले हाम्रो पूर्व अरनीको यातायात प्रालीबाट सञ्चालित बसमा यात्रा गर्दा भै परि आउने दुर्घटनामा हुने घाइतेहरूलाई छिटो छरितो उद्धार तथा उपचार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो यस प्राली अन्तर्गत सञ्चालित बसका चालक सहचालक साथै कर्मचारीका बाल बच्चालाई निःशुल्क पढाइदिने गरेको बताउनु भयको छ साथै दुर्घटना न्यूनीकरण गर्नका लागि प्रत्येक महिनाको २३ गते ट्राफिक प्रहरी यातायात विज्ञहरुबाट चालक सहचालकलाई प्रशिक्षण गर्दै आएको जानकारी गराउनुभएको । अध्यक्ष केदार क्षेत्रीले रुकुम पश्चिमबाट आजैदेखि औपचारिक रूपमा सेवा उद्घाटन गर्नुभएको छ । विगत ५१ वर्ष देखी यातायात सेवा दिदै आएको अरनिको यातायात प्रालिले रुकुम पश्चिमबाट काठमाडौँसम्म सिधा बस सेवा सञ्चालन गर्ने जनाइएको छ । पुर्व अरनिको यातायात प्रालिबाट सञ्चालित बससेवाले रुकुम पश्चिमबाट काठमाण्डौ सिधा यातायात सेवा गुणस्तरीय तवरबाट सञ्चालन गर्ने दावी गरिएको छ ।सार्वजनिक यातायातको क्षेत्रमा अरनिको यातायातले भरपर्दो सेवा प्रदान गर्दै आइरहेको भन्दै अध्यक्ष क्षेत्रीले रुकुम पश्चिममा पनि उच्च कोटीको सेवा प्रदान गर्न भरपुर प्रयास गर्ने बताउनुभएको छ ।

उहाँले अरनिको यातायातले देशभरि नै सेवा दिनकैलागी आठ सय बढी बस सञ्चालनमा ल्याएको भन्दै यात्रुको सहजता र सुरक्षित यात्रालाई प्राथमिकतामा राख्दै सेवा दिइने बताउनुभएको छ ।यस अघि अरनिको यातायातले भूकम्पबाट प्रभावित परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका लागि निःशुल्क बस सेवा प्रदान गरेसगै त्यहाँका स्थानीयको माग आएपछि पुर्ब अरनिको यातायात प्रालीले नियमित बस सञ्चालन गरेको हो। हाल पूर्व अरनीको यातायात प्रालीले सिन्धुपाल्चोक दोलखा काभ्रेपलान्चोक रामेछाप ओखलढुङ्गा सोलुखुम्बु लगायतका जिल्लाका ग्रामीण भेगहरूमा सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया