इरानले इजरायलमा सम्भावित हमलाका लागि १०० भन्दा बढी पोतभार क्षेप्यास्त्र (क्रुज मिसाइल)हरू तयार गरेको छ: अमेरिकी अधिकारीहरू

इनेप्लिज २०८१ वैशाख १ गते ११:०४ मा प्रकाशित

अमेरिकी अधिकारीहरूले इरानले इजरायलमाथि क्षेप्यास्त्र र मानव रहित यान (ड्रोन )हमला गर्न तयार हुन सक्ने संकेतहरू देखिएको बताएका छन् ।

३ जना अमेरिकी अधिकारीहरूका अनुसार इरानले सम्भावित हमलाका लागि ठूलो संख्यामा क्षेप्यास्त्रहरू तयार पारेको छ।

दुई अधिकारीहरूका अनुसार इरानले सम्भावित आक्रमणका लागि १०० भन्दा बढी समुन्द्री क्षेप्यास्त्र (क्रुज मिसाइल)हरू तयार पारेको छ। एक अधिकारीका अनुसार इरानले इजरायलमा आक्रमण गर्न प्रयोग गर्न सकिने ठूलो संख्यामा मानव रहित यान (ड्रोन)हरू पनि तयार पारेको छ।

एबिसीन्यूजका अनुसार इरानले गत हप्तादेखि क्षेप्यास्त्र र मानवरहित यान (मिसाइल र ड्रोन)को तयारी गरिरहेको छ।

प्रतिक्रिया