डिसी क्षेत्रमा भब्य रुपमा नेपाली नयाँ बर्ष २०८१ मनाइने

इनेप्लिज २०८० चैत २८ गते २२:५७ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा भब्य रुपमा नेपाली नयाँ बर्ष २०८१ मनाइने भएको छ । कार्यक्रम नेपाली अमेरिकन सामुदायिक केन्द्रको प्रांगणमा हुनेछ ।

कार्यक्रम आगामी अप्रिल १४ का शनिबारका दिन २ बजे देखि सुरु हुने भएको छ । नेपाली नयाँ बर्ष २०८१ को उपलक्ष्यमा बिबिध बिभिन्न कलाकारहरुले विविध प्रस्तुति दिने भएका छन् ।

अधिकांश रुपमा डिसी महानगर क्षेत्रका स्थानीय कलाकारहरुको ज्यादा प्रस्तुति हुनेछ । कार्यक्रममा आनन्दु लामा ,राकेश पाख्रिन ,आयुस पुडासैनी ,हृदयेश शाह ,माधव भेटवाल, लोकेन्द्र तामाङ्ग ,साक्षी लामिछाने ,सीता खरेल लुइँटेल,सानी र कला ,आइशा आचार्य तथा मनिष रसाईली लगायतको विविध प्रस्तुति हुनेछ ।

साथै परि पराजुलीले कार्यक्रम संचानल गर्ने छिन । कार्यकमको बिस्तृत जानकारी लिन चन्द्र लामा ,लेखनाथ आधि ,
सन्दिप वास तथा अभिजित राईलाई यसै ध्वजा(ब्यानर)मा दिइएको सम्पर्क संख्यामा बुझ्न या जान्न सकिने छ ।

कार्यक्रमको आयोजक नेपाली अमेरिकन सामुदायिक केन्द्र तथा डिसीएनएफसी भकुण्डो टोली रहेका छन् ।

प्रतिक्रिया