पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा कोचेर देखाउन गणतन्त्रवादीहरुलाई रविन्द्र मिश्रको खुला चूनौति (भिडिओसहित)

इनेप्लिज २०८० चैत २८ गते २१:५३ मा प्रकाशित

काठमाडौं, २८ चैत्र । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेलमा कोचेर देखाउन गणतन्त्रवादीहरुलाई चूनौति दिएका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता मिश्रले यस्तो चूनौति दिएका हुन् ।

उनले भने,”यिनीहरुले राजाको सम्पत्ति बेच्यो भने सबै जनतालाई चार चार कठ्ठा जग्गा बाँड्न पुग्छ भनेको होईन ? राजाको सम्पत्ति यिनीहरुले शिला खोजेजसरी खोज्दा के पाए ? केही पाए ? सकेको भए अहिलेसम्म जेलमा कोच्दैन थिए ? ले कोचेर देखाउनु त के हुन्छ ? दोस्रो कुरा प्रचण्डले राजालाई धेरै चुरीफुरी नगर्नु भनेको कुरा यहाँले भन्नुभयो, प्रचण्डले शेरबहादुर देउवा र केपी ओलीलाई के के मात्रै भनेनन् ? उनीहरुसँग त अंगालो हाल्न गए भने नरम नरम भाषामा आलोचना गरेको राजासँग देशको लागि सम्वाद गर्न नहुने कारण के छ ?”

पत्रकार धमलाले प्रचण्ड र पूर्वराजा ज्ञानेन्द्रबीच सहकार्य हुने सम्भावना छ त भनेर राखेको जिज्ञासमा नेता मिश्रले देशमा नवीन समझदारीको आवश्यकत्ता रहेको सुनाए । उनले भने-“सहकार्य र सहयात्राको सम्भावना म भन्दिनँ । तर, नविन समझदारीको अवधारणा नै के हो भने यो देशमा राजा, राजनीतिक दल र जनता सबैले आ आफ्ना किसिमका गल्ती गरेका छन् । सबले सबैलाई क्षमा गरिदिउँ । किनभने त्यो अहम लिएर बसेर यो देश सुरक्षित रुपमा हामी भावी पुस्तालाई हस्तान्तरण गर्न सक्दैनौं ।”

प्रतिक्रिया