इरानका सर्वोच्च नेताद्वारा सिरियाको वाणिज्य दूतावासमा भएको आक्रमणको लागि इजरायल दण्डित हुनु पर्ने चेतावनी

इनेप्लिज २०८० चैत २८ गते ११:१४ मा प्रकाशित

इरानका सर्वोच्च नेताले इजरायललाई सिरियाको वाणिज्य दूतावासमा भएको आक्रमणको लागि दण्डित हुनु पर्ने बताएका छन् ।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको घातक बम विष्फोटका लागि इजरायललाई “दण्डित हुनुपर्छ र यो हुनेछ” भनी चेतावनी दिएका छन्।

हवाई आक्रमणले वाणिज्य दूतावासलाई ध्वस्त पारेको र सात इरानी अधिकारीहरू साथै कम्तिमा छ सिरियालीहरू मारिएको, इरानी सरकारी दूरदर्शन (टेलिभिजन)ले जनाएको छ । त्यसपछि इरानले बदला लिने वाचा गरेको थियो।

सिरियाको हाम्रो वाणिज्य दूतावासमा गरिएको आक्रमण त्यो हाम्रो माटोमा आक्रमण गरेजस्तै थियो। यो अन्तर्राष्ट्रिय मापदण्ड हो। दुष्ट शासनले गल्ती गर्यो र सजाय पाउनै पर्छ र यो हुनेछ, “खामेनीले बुधबार एक दूरदर्शन (टेलिभिजन) वक्तब्यमा भने।

प्रतिक्रिया