अमेरिकाको भर्जिनियाको एक प्राथमिक बिद्यालयका एक बिधार्थीले झोलामा बन्दुक ल्याए पछि आमा गिरफ्तार

इनेप्लिज २०८० चैत २५ गते २०:५३ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको एक अलेक्जान्ड्रिया प्राथमिक बिद्यालयका एक बिधार्थीले झोलामा बन्दुक ल्याए पछि आमालाई गिरफ्तार गरिएको छ ।

गत महिना उनको बच्चाले आफ्नो झोलामा बन्दुक फेला पारेपछि प्रहरीले लायल्स क्राउच ट्रेडिसनल एकाडेमीका एक विद्यार्थीकी आमालाई पक्राउ गरेको छ ।

अलेक्जान्ड्रिया प्रहरीले ३१ वर्षीया एलेक्सा डिकेन्सलाई गिरफ्तार गरी बालबालिकालाई बन्दुक प्रयोग गर्ने अनुमति दिएको आरोप लगाएको छ ।

प्रहरी विभागले आरोपमा राष्ट्रमण्डलको महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गरेको डब्लुजेएलएले जनाएको छ ।

प्रहरीका अनुसार गत मार्च १ मा विद्यार्थीले आफ्नो झोलामा बन्दुक फेला फेला पारे पछि एक शिक्षकलाई खबर गरेका थिए ।

प्रतिक्रिया