अमेरिकी सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगजनी गर्ने संदिग्ध व्यक्ति पक्राउ

इनेप्लिज २०८० चैत २५ गते १८:५७ मा प्रकाशित

पूर्व अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा अमेरिकी सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगजनी गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरिएको छ ।

अमेरिकी न्याय विभागका अनुसार स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगलागीको सम्बन्धमा आइतवार एक संदिग्धलाई पक्राउ गरिएको जनाएको छ ।

क्यालिफोर्नियाको नर्थरिजमा पहिले बस्ने माइकल सोगोमोनियन भनेर चिनिने ३५ वर्षीय स्यान्ट सोघोमोनियनलाई आइतवार पक्राउ गरिएको हो । उनलाई बर्लिङटन, भर्मन्टमा स्यान्डर्सको कार्यालय रहेको भवनलाई क्षति पुर्‍याउन आगजनी गरेको आरोप लगाईएको अमेरिकी न्याय बिभागले (डीओजे)ले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

सोघोमोनियन गत शुक्रबार बिहान भवनमा प्रवेश गरेर तेस्रो तलामा पुगी स्यान्डर्सको बर्लिंगटन कार्यालयमा आगजनी गरेका थिए । अदालतको कागजात अनुसार सुरक्षा श्रब्य दृश्य(भिडियो)अनुसार संदिग्ध व्यक्तिले कार्यालयको बाहिरी ढोका नजिकै तरल पदार्थ छर्कि हातमा दीपिका (लाइटर )बाट आगो सल्काएका थिए ।

उनले गत शुक्रबार बिहान १०:४५ बजे आगलागी गरेको प्रहरीले जानकारी दिएका थिए ।

प्रतिक्रिया