बाल्टिमोरको भागवत सप्ताहबाट कुल लगभग २० लाख डलर सङ्कलन , हिन्दु बुद्ध मन्दिरका अध्यक्षद्वारा कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता(बिशेष तस्बिर सहित बिस्तृत जानकारी)

इनेप्लिज २०८० चैत २५ गते १३:२८ मा प्रकाशित

बाल्टिमोरको भागवत सप्ताहबाट कुल लगभग २० लाख डलर सङ्कलन भएको छ । साथै हिन्दु बुद्ध मन्दिरका अध्यक्ष डा श्याम कार्कीले १ लाख २१ हजार डलर दानको अतिरिक्त कालान्तरमा १० लाख डलर थप्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा गत मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म आयोजना गरिएको मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”मा कूल लगभग २० लाख डलर संकलन भएको छ । स्मरण रहोस , यी सबै दान दिने रकम नगद नभई दानबिरहरुले भविश्यमा दिने प्रतिबद्धता गरेका हुन् ।

थुप्रै नगद तथा चेक(धनादेश )प्राप्त भएता पनि हिन्दु बुद्ध मन्दिर आयोजक समितिले हिसावकिताव आफ्नो आधिकारिक पृष्ठमा अध्यावधिक गर्ने ईनेप्लिजलाई बताएका छन् ।

सप्ताहको अन्तिम दिन अप्रिल ६ क दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको थियो भने पहिलो दिन समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिएका थिए ।

महापुराणका संचार संयोजक श्रीजन ताम्राकारले दिएको सूचना अनुसार पहिलो दिन मार्च ३० का दिन ७० हजार डलर ,मार्च ३१ मा १ ,२८ ,२२३ ,अप्रिल १ मा ६०,५७२ ,अप्रिल २ मा ८५,२८० ,अप्रिल ३ मा १,९०,४१८ ,अप्रिल ४ मा १,३७ ,४६६। अप्रिल ५ मा ७१५,३८२ तथा अन्तिम दिन ५ ,५३,५४१ डलर सङ्कलन भएको छ । यसरी लगभग २० लाख डलर सङ्कलन हुन् आएको छ ।

उक्त मन्दिरको लागि सबै भन्दा ठूलो दान गर्ने डा श्याम कार्की जो हिन्दु बुद्ध मन्दिर अध्यक्ष पनि हुन् । उनले महापुराणको लागि १ लाख २१ डलर दान (यो बर्ष ) प्रतिबद्धता गरेका छन् भने तर उनले ९० बर्ष पुगे पछि त्यस अघि मृत्युवरण भएमा थप १० लाख डलर दिने प्रतिबद्धता जाहेर गरेका छन् ।

डा कार्कीले १ लाख डलर पहिले नै दिई सकेका छन् । यस्तै दोश्रो ठूलो रकम दान गर्ने मन्दिरका वरिष्ठ उपाध्यक्ष क्रिस घिमिरे रहेका छन् । उनले लगभग १ लाख ५० हजार डलर दान दिने भएका छन् । उनले पुरानो ५० हजार सहित १ लाख ५० लाख पुर्याउने प्रतिबद्धता गरेका छन् ।

त्यसै मेरिल्याण्डका लागि पर्यटनदुत समेत रहेका व्यवसायी राजु पराजुलीले कूल १ लाख ११ हजार १११ डलर पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन् । यसैगरीमेरिल्याण्डका ज्योती रानाभाट तथा उमा रानाभाटको परिवारले १ लाख डलर दिने प्रतिबद्धता गरेका छन् ।

५० हजार डलर दान दिने योजना बनाएर आएका दम्पत्तीले माहौल र नेपाली समुदायको अभूतपूर्व सहभागिता देखेर थप १ लाख डलर दिने घोषणा गरेका थिए । उनीहरुले दानलाई दोब्बर बनाएका थिए । यता पर्वत समाज अमेरिकाका अध्यक्ष रबिन शर्मा र सहयोगी जितेन गुरुङले समूहले लगभग १ लाख ३५ हजार डलर उठाएर सामूहिक सहयोग जुटाएका थिए । म्याग्देली समूहका जगत घिमिरे र सुदर्शन पौडेल लगायतका समूहले लगभग २ लाख ३० हजार डलर दान गरेका छन् ।

त्यस्तै युवा व्यवसायी तथा सक्रिय समाजसेवीअपार श्रेष्ठ ,रमेश भट्ट नेपाली छोरो लगायतको समूहले लगभ १ लाख २१ हजार डलर दान दिने प्रतिबद्धता गरेका छन् । साथै यसरी बिभिन्न समूहबाट थुप्रै रकम दान गरेका छन् । र ,बिस्तृत विवरण क्रमस प्रकाशित गरिने संचार संयोजक श्रीजन ताम्राकारले ईनेप्लिजलाई बताए । उनले सबैलाई बिशेष बिशेष धन्यवाद दिएका छन् । साथै आधिकारिक रुपमा हिन्दु बुद्ध मन्दिरको पृष्ठबाट प्रकाशित क्रमबद्ध रुपमा प्रकाशित गरिदै जनाए छ भने सबैलाई धैर्य धारण गर्न समेत आह्वान गरिएको छ ।

वाचन प्रवीण दीनबन्धु पोखरेलले श्रीमद भागवत ज्ञान महायज्ञमा भागवत कथा वाचन गरेका थिए । मार्च ३० शनिबारका दिन मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रुपमा कलश यात्रा सम्पन्न गरिएको थियो ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित बिभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको थियो ।

प्रतिक्रिया