बाइडेनले मार्चमा ९० मिलियन भन्दा बढी उठाए

इनेप्लिज २०८० चैत २४ गते २२:११ मा प्रकाशित

राष्ट्रपति जो बाइडेनको चुनाव अभियानले मार्चमा ९० मिलियन भन्दा बढी उठाएको छ । यता पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ६६ मिलियन उठाएका छन् भने उनि भन्दा बाइडेन चुनाव अभियानले २५ मिलियन ज्यादा उठाएको सिबिएसन्यूजले जनाएको छ।

बाइडेन अभियानले राष्ट्रपतिले गत बर्ष अप्रिल देखि सुरु गरेको चुनावी कोष संकलनमा आफ्नो कोषमा १९२ मिलियनको साथ सुरु गरेको जनाएको छ ।

यो इतिहासमा कुनै पनि डेमोक्रेटिक दलका उम्मेद्वारले जम्मा गरेको सबैभन्दा ठूलो रकम हो। गत मार्चमा बाइडेनले ९० मिलियन डलर भनेको पूर्व विदेश सचिव तथा सन् २०१६ की उम्मेदवार हिलारी क्लिन्टनले त्यस वर्षको मार्चमा मात्र ३० मिलियन डलर मात्र उठाएकी थिइन् ।

त्यस्तै पूर्व राष्ट्रपति बाराक ओबामाले मार्चमा ५३ मिलियन सन् २०१२ मा उठाएको सिबिएसन्यूजले जनाएको छ ।

प्रतिक्रिया