अध्यावधिक गरिएको : बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्किदा बेपत्ता भएका मध्ये एक जनाको शव फेला ,अझै ३ जना बेपत्ता

इनेप्लिज २०८० चैत २४ गते २१:४४ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा जहाजको ठक्करबाट पुल भत्किदा बेपत्ता भएका मध्ये एक जनाको शव फेला पारिएको छ । साथै अझै ३ जना बेपत्ता नै रहेको र उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

पुल भत्किँदा बेपत्ता भएका एक निर्माण मजदुरको शव फेला पारिएको छ । दुर्घटनामा परी ज्यान गुमाउने ६ जना कामदारमध्ये तीन जना अझै बेपत्ता रहेका छन् ।

बाल्टिमोर स्थित फ्रान्सिस स्कट की ब्रिज(पुल) भत्किँदा बेपत्ता भएका चार निर्माण कार्यकर्तामध्ये एकको शव शुक्रबार फेला परेको अधिकारीहरूले बताएका छन्।

बरामद गरिएको शवको पहिचान भएको र उनी ३८ वर्षीय मेनर यासिर सुआजो-स्यान्डोभल भएको पुष्टी भएको छ । उनको परिवारलाई सूचित गरिएको अधिकारीहरूले बताए।

एकीकृत कमाण्ड(नेतृत्व)को उद्धार गोताखोर टोलीहरूले गत शुक्रबार बिहान १०:३० अमेरिकी पूर्वीय समय अनुसार पत्ता लगाएका थिए । राष्ट्रपति जो बाइडेनले उक्त स्थलमा समेत भ्रमण गरेका थिए ।

प्रतिक्रिया