फ्लोरिडामा गोली चल्दा सुरक्षाकर्मीको मृत्यु ,अधिकारी र ६ जना घाइते; संदिग्धको पनि मृत्यु

इनेप्लिज २०८० चैत २४ गते २०:५९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य अधिकारी र ६ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका संदिग्धको पनि मृत्यु भएको छ ।

एक सुरक्षा गार्ड(सुरक्षाकर्मी )लाई गोली हानी मारिएकोमा जवाफ दिने प्रहरी अधिकारी सहित अन्य छ जनालाई बन्दुकको गोली लागि घाईते भएका छन् । फ्लोरिडाको मायामीमा शनिबार बिहान झगडा हुँदा एक व्यक्तिले बन्दुक निकाली गोली चलाएको डोरल प्रहरीले बताएका छन् ।

झडपमा कार्यरत एक सुरक्षा कर्मी (गार्ड)ले हस्तक्षेप गरे। मायामी-डेड प्रहरीका अनुसार संदिग्धले त्यसपछि बन्दुक निकाली सुरक्षाकर्मीलाई गोली हानेका थिए ।

प्रहरीले घटनास्थलमा जवाफी कारबाही गरेको र गोली हानाहान भएको बताएको छ । मायामी-डेड प्रहरीका अनुसार घटनाको क्रममा दुई प्रहरी अधिकारीहरूले संदिग्धलाई गोली चलाएका थिए । एक प्रहरी अधिकारीलाई गोली लागेको र संदिग्ध मारिएका छन् ।

सुरक्षाकर्मी र संदिग्धलिई घटनास्थलमा मृत घोषित गरिएको थियो। अन्य छ जना दर्शकलाई बन्दुकको गोली लागेर घाइते बनाएको र विभिन्न अवस्थामा क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया