महाभारतमा मामा सकुनीको लुकेको प्रतिशोध यस्तो थियो यथार्थ

बेद प्रसा घिमिरे २०८० चैत २४ गते ११:३१ मा प्रकाशित

बेद प्रसा घिमिरे :गान्धार देशका नरेश सुबल कि छोरी गान्धारी हस्तिनापुरका महाराज धृतराष्ट्र सँग विवाह भएको थियो धृतराष्ट्र अन्धा भएका कारण भीष्मलाई मैले विवाह गरेँ। मेरी श्रीमती कस्ती छिन् भन्दिनु पर्यो भनेर सोधे धृतराष्ट्रले सोधेपछि भीष्मले भने दुलही राम्री छन् तर कुमारी भने होइनन् तिमीसँग गान्धारीले दोस्रो विवाह गरेकी हुन् भीष्मबाट यस्तो जवाफ पाएपछि धृतराष्ट्रलाई असाहाय भयो र गान्धार देशका नरेश सुबल ले आफूमाथि अन्याय गरेको महसुस गरी सुबलका सम्पूर्ण परिवारलाई जेल हालिदिए। जेल बस्ने मध्यमा सबैभन्दा कान्छा सकुनी थिए। नरेश सुबल सहित सम्पूर्ण परिवार जेलमा राखेपछि धृतराष्ट्रले ससुरालीलाई सोझै मृत्युदण्ड को सजाय दिँदा महारानी गान्धारीलाई चोट पर्ने भएकाले दिन सकेनन् त्यसैले जेलभित्र रहेका सम्पूर्ण ससुराली हरूलाई जाना गन्तीका दरले एक एक गाँस मात्र खानेकुरा दिनु भन्ने आदेश दिए। महाराजको आदेश अनुसार गान्धारी नरेश सुबल का परिवारलाई दिनको एक एक गाँस मात्र खान दिइन्थ्यो। जेलभित्र रहेका गान्धार नरेश सुबलका सबै परिवार भोकले दुब्लाउन लागेको देखेर नरेशले आफ्ना वंशका लागि सचेत हुँदै सबैलाई दिएको खाना कान्छा पुत्र सकुनीलाई दिएर सकुनी मात्र भएपनि बचाउने सकुनी मात्र बाँचे पनि आफ्नो वंश बाँच्ने सोचले सबै खाना सकुनीलाई दिन लागे अब जेलभित्र रहेका गान्धार नरेश लगायत सम्पूर्ण परिवार भोकले दुब्लाउँदै रोगाउँदै गए नरेश सबल र सकुनी बाहेक परिवारका सम्पूर्ण सदस्यहरूको भोकले मृत्यु हुँदै गयो अन्तिममा नरेश सबल पनि खान नपाएर दुब्लाउँदै दुब्लाउँदै झिनो हुँदै गए। एकदिन राति सबलको मृत्यु हुने बेला आयो र नरेश सबलले आफ्ना पुत्र सकुनीलाई भने हेर बाबु तिम्री दिदी गान्धारीको ग्रहमा विवाह गरेपछि श्रीमानको मृत्यु हुने ग्रह भएको हुँदा ठूलो क्षति नहोस् भनेर मैले गान्धारीलाई दोष टार्नका लागि बोकासँग बिहे गरिदिएको थिएँ। गान्धारी र धृतराष्ट्रको विवाह भएपछि धृतराष्ट्रले भीष्मसँग मैले विवाह गरे बेहुली कस्ती छिन् भनेर सोध्दा भीष्मले गान्धारीको दोस्रो विवाह हो अरु त ठिकै छिन् भनेकाले धृतराष्ट्रले हाम्रो परिवारलाई जेलको सजाय दिए जेलभित्र पनि खान दिएनन् खान नदिएपछि थोरै दिएको खाना पनि हाम्रो वंशका लागि सबै खाना तिमीलाई खुवायौं खानै नपाएर हाम्रा सबै परिवारहरूको मृत्यु भयो। अब मेरो पनि मृत्यु हुँदैछ त्यसैले मेरो मृत्यु भइसकेपछि मेरो शरीरको हड्डी तिमीले जहिलेसँगै राख्नु। मैले जे अराउँछु मेरो हड्डीले जे सङ्केत गर्छ त्यो मैले अराएको सम्झनु।

र हाम्रो परिवारलाई यस्तो कठोर सजाय दिने महाराज धृतराष्ट्रका सम्पूर्ण वंशलगायत कौरवहरूको नाश गर्नु भनेर गान्धार नरेश सबलले प्राण त्याग गरे। त्यसपश्चात सकुनीले आफ्ना पिताको शरीरबाट हड्डी निकाली आफ्ना पासमा राखे र जेलमै बसिरहेका थिए जब हस्तिनापुरको राजकाज धृतराष्ट्रबाट खोसेर गान्धारीका छोरा दुर्योधनले सञ्चालन गरे दुर्योधन राजा भएपछि आफ्ना मामा सकुनीलाई जेलमुक्त गरी आफ्ना सल्लाहकारका रूपमा राखे। आफ्ना सम्पूर्ण परिवार लाई जेलभित्र भोकै राखेर मारेको र आफ्ना पिताले प्राण त्याग गर्ने बेलामा भनेका कुराले गर्दा मामा सकुनीका मनमा कौरवहरूलाई सिध्याउने प्रतिशोध थियो त्यसैले गर्दा सकुनीले हरबखत भान्जा दुर्योधनलाई नराम्रा काममा उक्सावट गर्थे जहिले पनि कौरव र पाण्डवका बीचमा झगडा गर्ने उक्सावट मिलाउँथे। कौरवहरूसँग मिलेर पाण्डवहरूलाई चिड्याउने काम गर्थे। आफ्ना पिताको हड्डीको सङ्केत अनुसार कौरव र पाण्डवलाई जुवा खेलाएर पाण्डवहरूलाई हराउँदै कौरव र पाण्डवको दुश्मनी बढाउथे। यस्तै हुँदाहुँदै महाभारतको ठूलो युद्ध भयो सो युद्धमा कौरव पक्षबाट सकुनीले युद्ध लडे पनि सकुनीको मनमा कौरवपक्ष लाई युद्ध हराउने र कौरव पक्षका सम्पूर्ण वंश नाश गर्ने प्रतिशोध लिएर युद्ध लडेकाथिए सकुनी कै कारणले पाँच पाण्डवहरूले सर्वस्व जुवामा हारेर द्रौपती पनि हारेका हुन् द्रौपदी पनि हारिसकेपछि सभामा द्रौपदीको बेइज्जत गर्दा पाण्डवहरू र कौरवहरूको दुश्मनी बढ्ने उद्देश्यले सकुनीले जुवा खेलाएका थिए भने दुश्मनी बढाउँदै भयानक युद्ध गराउन अदृश्य हिसाबमा सकुनी नै सक्रिय रूपमा लागेका थिय कौरवहरूसँग मिलेरै मामा सकुनीले कौरवहरूको वंश नै विनाश गरे। राजनीतिमा सत्ताका लागि अथवा शक्तिका लागि कतिसम्म प्रतिशोध हुने रहेछ भन्ने कुरा गान्धारका नरेश हस्तिनापुरका महाराज धृतराष्ट्र धृतराष्ट्रका पुत्र दुर्योधन साथै दुर्योधनका मामा सकुनी लाई अध्ययन गरेर लिन सकिन्छ।

प्रतिक्रिया