अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीद्वारा इजरायललाई अमेरिकी हतियार बिक्री रोक्न आह्वान

इनेप्लिज २०८० चैत २४ गते ११:११ मा प्रकाशित

अमेरिकी पूर्व सभामुख न्यान्सी पेलोसीले इजरायललाई अमेरिकी हतियार बिक्री रोक्नको लागि आह्वान गरेकी छिन् ।

अमेरिकी सदनका पूर्व सभामुख न्यान्सी पेलोसीले खाना पुर्याउने ७ जना सहायताकर्मीहरू विरुद्धको हालैको आक्रमण र बढ्दो मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायललाई अमेरिकी हतियार बिक्री रोक्न प्रतिनिधि सभा (हाउस डेमोक्र्याट)को आह्वानमा सामेल भएकी छिन्।

राष्ट्रपति जो बाइडेन र राज्य सचिव एन्टोनी ब्लिन्केनलाई लेखेको पत्रमा, पेलोसी र दर्जनौं अन्य कंग्रेस डेमोक्र्याटहरूले इजरायली हवाई आक्रमणमा ७ जना सहायता कार्यकर्ताहरूलाई मारेकोमा उनीहरूले साझा चिन्ता र आक्रोश व्यक्त गरे।

उनीहरुले इजरायललाई नयाँ हतियार हस्तान्तरण गर्ने अधिकार दिने बिषयमा पुनर्विचार गर्न र हवाई आक्रमणको पूर्ण अनुसन्धान पूरा नभएसम्म भविष्यमा हुने कुनै पनि आपत्तिजनक हतियार हस्तान्तरण रोक्न आग्रह गर्दछौं भन्दै पत्राचार गरेका छन् ।

अमेरिकी सिनेटर बर्नी सान्डर्सले पनि सैन्य सहायता रोक्न आह्वान गर्दै आएका छन् ।

प्रतिक्रिया