खोटाङमा बालिका बलात्कार गर्ने ३५ वर्षीय युवा पक्राउ

इनेप्लिज २०८० चैत २४ गते ३:४६ मा प्रकाशित

खोटाङमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ परेको छ।

घरमा कोही नभएको बेला बालिकालाई ललाई फकाइ गरी जबरजस्ती करणी गरेको अभियोगमा जिल्लाको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउ नालीका ३५ वर्षीय प्रकाश परियारलाई प्रहरीले पक्राउ गरेको हो।

बिहीबार दिउँसो घरमा कोही नभएको मौका छोपेर परियारले बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ। बालिकालाई जबरजस्ती करणी गरेको खबर पाए लगत्तै प्रहरीचौकी दिप्रुङ चुईचुम्माबाट खटिएका प्रहरीले अभियुक्त परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो।

मावली घरमा बस्दैआएकी बालिकालाई परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया