पूर्व अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा अमेरिकी सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगजनी ,संदिग्धको व्यापक खोजी

इनेप्लिज २०८० चैत २४ गते ०:५९ मा प्रकाशित

पूर्व अमेरिकी राष्ट्रपतिका उम्मेदवार तथा अमेरिकी सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगजनी भएको एबिसीन्यूजले जनाएको छ । आगजनीमा संलग्न संदिग्धको व्यापक खोजी भै रहेको प्रहरीले बताएका छन्।

उनको कार्यालयको प्रवेशद्वारमा आगो लागेको प्रहरीले जनाएको छ। तेस्रो तल्लामा रहेको स्यान्डर्सको कार्यालयको उत्तोलक (लिफ्ट )र प्रवेशद्वारको बीचमा रहेको दैलोमा शुक्रबार बिहान १०:४५ बजे आगलागी भएको जानकारी दिइएको प्रहरी अधिकारीहरूले भने।

एक व्यक्ति दैलो (भेस्टिबुल)मा प्रवेश गरे र सिनेटरको कार्यालयको ढोकामा फोहोरा (स्प्रे) द्रुत गतिमा हल्लाए र जलाएर त्यसपछि भागेको बर्लिंग्टन प्रहरी विभागले जनाएको छ ।

आगोले ढोकाको भागलाई घेरेकोले कार्यालयमा काम गरिरहेका कर्मचारीहरूलाई बाहिर निस्कन बाधा पुर्‍याएको र उनीहरूको जीवनलाई खतरामा पारेको बर्लिङ्टन प्रहरी विभागले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रहरीले ठूलो मात्रामा आगो निभाएको र सिनेटरको कार्यालयको ढोकामा “मध्यम” क्षति पुर्‍याएको प्रहरीले बताए । हाल सम्म कुनै चोटपटकको कुनै विवरण नभएको र सिनेटर स्यान्डर्स त्यस समयमा उपस्थित नभएको प्रहरीले जानकारी दिएका छन् ।

घटनामा संलग्न एक पुरुष संदिग्धको खोजी भइरहेको र उनको तस्बिर सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया