टेक्ससबाट लस भेगास उड्नु अघि साउथवेस्टको बिमानको यन्त्रमा आगलागी भएको कारण मूलद्वारमा फर्कियो

इनेप्लिज २०८० चैत २३ गते ११:३६ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको लबक शहरबाट नेभादाको लस भेगास जान लागेको साउथवेस्टको बिमानको यन्त्रमा आगलागी भएको कारण बिमान सोही विमानस्थलमा फर्किएको छ ।

धावनमार्गमा हिडी रहेको र उड्ने तयारी गरि रहदा समस्या उत्पन्न भए पछि द्वारमा फर्किएको लबक प्रेस्टन स्मिथ अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । गत बिहीबार यन्त्र विफलता र आगो लागेको खबर गरिएको थियो ।

उडान लस भेगासको लागि प्रस्थान गर्ने तयारी गरिरहेको थियो तर उड्नु अघि द्वार फर्किएको बिमानसेवाले जनाएको छ। साँझ ७ बजेसम्म स्थानीय समय अनुसार धावनमार्ग सफाई र निरीक्षणको लागि बन्द गरिएको थियो। त्यहाँ कुनै चोटपटक नभएको र कसैलाई हानी नभएको बताईएको छ ।

प्रतिक्रिया