लाल सागरमा जहाज लुट्ने,अपहरण र आक्रमण गर्ने हुथी बिद्रोही बिरुद्ध अमेरिकी सेनाद्वारा आक्रमण

इनेप्लिज २०८० चैत २२ गते १०:५८ मा प्रकाशित

लाल सागरमा जहाज लुट्ने,अपहरण र आक्रमण गर्ने हुथी बिद्रोही बिरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको छ ।

इजरायलमा अक्टोबर ७ मा आक्रमण भए पछि इजरायलको आक्रामक शैलीको गाजामा भएको कारवाही बिरुद्ध लाल सागरमा जहाज लुट्ने,अपहरण र आक्रमण गर्ने हुथी बिद्रोही बिरुद्ध अमेरिकी सेनाले उनीहरुका मार हान्ने र मानव रहित यान (ड्रोंन )लाई नष्ट बनाएको छ ।

अमेरिकी सेनाले हुथी क्षेप्यास्त्र र युद्धपोततर्फ प्रहार गरिएको मानव रहित यान (ड्रोन)लाई नष्ट गरेको सिएनएनले समाचार लेखेको छ ।

अमेरिकी सेनाले बुधबार यमनबाट लाल सागरमा रहेको युद्धपोततर्फ हुथी हतियारहरू नष्ट गरेको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले जनाएको छ।

अमेरिकी ग्रेभली नामक एक निर्देशित क्षेप्यास्त्र विनाशकले उनीहरुका प्राक्षेपिक क्षेप्यास्त्र तथा हुथीद्वारा शुरू गरिएको दुई मानव रहित यानलाई नष्ट गरेको छ ।

जहाजमा कुनै चोटपटक वा क्षति नभएको सेन्टकमले बताएको छ । उही समयमा, अमेरिकी सेनाले “हुथी नियन्त्रित क्षेत्रमा एक घुम्ती (मोबाइल )सतह देखि हवाई क्षेप्यास्त्र प्रणालीलाई समेत नष्ट गरेको छ ।

प्रतिक्रिया