शनिबार धरानमा द एज ब्याण्डको कन्सर्ट

इनेप्लिज २०८० चैत २१ गते २२:३९ मा प्रकाशित

धरान / युवापुस्ताहरु माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने प्रजापति संगीत समारोह -दएज लाइभ इन धरान कार्यक्रममा आउँदैछन।

सम्झिने मुटु , थाहा छैन , नचाहेको हैन , तिम्रो याद , मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन्। २४ बर्ष अघि पहिलो अल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहेका छन्।

कन्सर्टमा धरानको लासोज ब्याण्ड लगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ। कार्यक्रमलाई भब्य र सभ्य बनाउन स्टेज ,साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहनेछ र साउण्ड -लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने आयोजक प्रज्ज्वल प्रजापति श्रेष्ठले बताए।

धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब ,धरान -१५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन् लागेको हो।

प्रतिक्रिया