अमेरिकी मुख्य न्यायाधीशलाई मार्ने धम्की दिने फ्लोरिडाका एक व्यक्तिलाई १४ महिनाको कारागार सजाय

इनेप्लिज २०८० चैत २० गते २२:४८ मा प्रकाशित

अमेरिकी मुख्य न्यायाधीश जोन रोबर्ट्सलाई मार्ने धम्की दिएको आरोपमा फ्लोरिडाका एक व्यक्तिलाई १४ महिनाको कारागार सजाय सुनाइएको छ ।

गत वर्ष प्रधानन्यायाधीश रोबर्ट्सलाई मार्ने धम्की दिएको आरोपमा उक्त व्यक्तिलाई सोमबार १४ महिनाको कारागार (जेल )सजाय सुनाइएको हो ।

फ्लोरिडाको फर्नान्डिना बिच(शहर) का ४३ वर्षीय नील ब्रिज सिधवानेले डिसेम्बरमा हत्याको धम्की दिएकोमा दोषी स्वीकार गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ ।

उनले संघीय कारागारमा पाँच वर्षसम्मको सामना गरेता पनि सिधवानेलाई तीन वर्षको सुपरिवेक्षण सजाय सुनाइएको थियो।

सिधवानीले गत वर्ष जुलाई ३१ मा सर्वोच्च अदालतमा दूरवार्ता (फोन )गरेर अदालतका सदस्यहरुलाई धम्कीपूर्ण स्वरसन्देश (भ्वाइसमेल ) छोडेको न्याय विभागको समाचार विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया