युवा उम्मेदवार सुहाङ्ग नेम्बाङ्गलाई प्रवासी नेपाली मंच अष्ट्रियाको साथ

इनेप्लिज २०८० चैत २० गते २१:०७ मा प्रकाशित

लाखौ युवाहरु रोजगारीको खोजीमा हरेक दिन विदेशिरहेको अवस्थामा उदाहरण बनेर राजनीतिमा होमिएका इलाम क्षेत्र नम्बर २ का उम्मेदवार सुहाङ्ग नेम्बाङ्गलाई प्रवासी नेपाली मंच अष्ट्रियाका सक्रिय युवा समुहले सहयोग गर्ने प्रतिबद्धता सहित एक अभियान शुरु गरेका छन्। प्रवासी नेपाली मंच अष्ट्रियाका आर्थिक विभाग प्रमुख कृष्ण दत्त भट्टको संयोजकत्व मा हाल ४ सदस्यीय समिति गठन भएको छ। समितिमा व्यवस्थापकिय जिम्मेवारी सचिव बाबा राजेश्वरी थापा र उपसचिव दिनेश बैदवार क्षेत्रीले लिएका छन् भने प्रचारप्रसारको जिम्मेवारी गैर आवासीय नेपाली संघ अष्ट्रिया का पुर्व अध्यक्ष तथा हाल केन्द्रिय मानार्थ सदस्य प्रवासी नेपाली मंच अष्ट्रियाका संगठित सदस्य बिनोद चौलागाईंले लिएका छन्।

आज अप्रिल २, २०२४ बाट शुरु भएको यो अभियानमा अष्ट्रियामा रहेका युवा उम्मेदवार सुहाङ्ग नेम्बाङ्गको थुप्रै समर्थकहरु जोडिने क्रम जारी छ। पछिल्लो समय युवाहरुको थुप्रै मुद्दाहरु सम्बोधन नहुदा लाखौ युवा देश छोड्न बाध्य रहेको र युवा शक्ति विदेशिदा त्यसको प्रत्यक्ष असर देश विकासमा परेको हुँदा “युवालाई युवाकै हौसला” नामको यस अभियानले युवाहरुमा जोश जागर थपिने यस अभियानका संयोजक कृष्ण दत्त भट्टले दिए। देश छोडेर परदेश आइ आफुले भोगेको समस्या नयाँ पुस्ताले भोग्नु नपरोस र यस योजनालाई सरकारी तबरबाट नीतिनिर्माण गर्न सक्ने क्षमता पेशाले अधिवक्ता रहेका नेकपा एमालेका उम्मेदवार सुहाङ्ग नेम्बाङ्गमा मात्र भएको जिकिर प्रवासी नेपाली मंच अष्ट्रियाका उपसचिव तथा सफल व्यवसायी एवम सक्रिय समाजसेवी युवा दिनेश बैदवार गर्छन।

गैर आवासीय नेपाली संघ अष्ट्रियालाई १९-२१ को कार्यकालमा नेतृत्व गरी अष्ट्रियाका नेपालीहरुले भोगेका समस्या पहिचान गरी ति समाधानको लागि चर्को बहस गरेर एन आर एन अष्ट्रिया लाई कुशल नेतृत्व दिएका पुर्वअध्यक्ष बिनोद चौलागाईं भन्छन, “युवाहरु दिनहु विदेशिने क्रम बढी रहेको र बौद्धिक वर्गका युवाहारु राजनीतिबाट टाढिने अहिले मातृभूमिको माहौलमा, युवा नेतृत्व नै अहिलेको आवश्यकता हो र युवाका समस्या समाधान गर्न सुहाङ्ग नेम्बाङ्ग भन्दा बाहेक अरु कुनै विकल्प छैन।”नेकपा एमाले इलाम क्षेत्र नम्बर २ का उम्मेदवार सुहाङ्ग नेम्बाङ्ग पेशाले अधिवक्ता हुन्।

हाल प्रवासी नेपाली मंच अष्ट्रियाको नेतृत्व अध्यक्ष दधिराम नेपालले गरिरहेका छन् भने प्रवासी नेपाली मंच अष्ट्रिया, अष्ट्रियामा सामाजिक गतिविधि गर्न विधिवत दर्ता भएको संस्था हो।

प्रतिक्रिया