ट्रम्पको सामाजिक संजालले एक हप्तामा ४ बिलियन डलरको मूल्य गुमायो

इनेप्लिज २०८० चैत २० गते ११:२७ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैले स्थापना गरेको सामाजिक संजाल ट्रुथ सोसलले एक हप्तामा ४ बिलियन डलरको मूल्य गुमाएको सिबिएसन्यूजले जनाएको छ ।

ट्रम्पको नयाँ मिडिया(सामाजिक संजाल) व्यवसाय सार्वजनिक भएको एक हप्ता पछि लगानीकर्ताहरूमाझ ख्याती ( क्रेडिट)गुमाइरहेको र प्रतिष्ठानको धितोपत्र कारोवार मूल्यमा ४ बिलियन डलरको मूल्य घटेको छ।

ट्रम्प सामाजिक संजाल (मिडिया)तथा प्रविधि समूहको शेयर (हिस्सा)सोमबार २१ % घट्यो अर्थात् ४८.६६ डलरमा पुगेको छ । गत सोमबार प्रति शेयर ४९.६६ रहेको थियो ।

नयाँ बिलय भएको प्रतिष्ठानमा ट्रम्पको ५७ % स्वामित्व रहेको छ । बजार घटे पछि कम्तिमा कागजमा २.५ बिलियन गुमाएका छन्। उनको सेयर अब ३.८ बिलियन डलर मात्र रहेको छ । गत हप्ता बजार भाउ आकाशिएको थियो । गत हप्ता ६.३ बिलियन डलरबाट अब ३.८ बिलियनमा तल झरेको छ।

प्रतिक्रिया