क्यानेडियन नेवाःगुठि द्वारा  ७औं ” बिस्व नेवाः दिबस” बिबिध कार्यक्रम सहित सम्पन्न

इनेप्लिज २०८० चैत २० गते ९:५४ मा प्रकाशित

क्यानेडियन नेवाःगुठिले ७औं ” बिस्व नेवाः दिबस” हालै बिबिध कार्यक्रम सहित ब्राम्प्टन नगरमा सम्पन्न गरेको छ। कार्यक्रमको शुरुमा कार्यक्रम संयोजक तथा गुठिका महासचिब डा. प्रज्वल प्रधानले यस कार्यक्रममा नेवाः दिबस को अतिरिक्त महिला दिबसको सन्दर्भमा महिला सम्मान तथा नेपाली संगितका मुर्धन्य नक्षत्र स्वर किन्नरी तारा देवी तथा कालजयी गायक प्रेमध्वज प्रधानको स्मृतिमा सांगितिक प्रस्तुति रहने बताउनु हुदै कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्नु भयो । तत्पश्चात गुठिका संस्थापक अध्यक्ष प्रकाश लाल प्रधान तथा सल्लाहकार लक्ष्मण मुनि श्रेष्ठले कलात्मक पानसमा दीप प्रज्वलन गरि उदघाटन गरिएको थियो। कार्यक्रममा नेवाः, नेपाली तथा क्यानडाको राष्ट्रिय गान पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्नु हुदै गुठिका अध्यक्ष उत्तम माकःजुले बिस्व भर फैलिएर रहेका नेवाः समुदायको एकता, बिस्व सम्पदा क्षेत्रमा नेवाः सभ्यता तथा सो सभ्यता निर्माणमा नेवाः पुर्खाहरुले पुर्याइएको योगदानको कदरको साथै नेवाः हुनुमा गौरब महशुस गर्न बिस्व नेवाः दिबस मनाउदै आएको बताउनु भयो। कार्यक्रममा दिबसबारे प्रमुख मन्तब्य ब्यक्त गर्नु हुदै गुठिका प्रथम उपाध्यक्ष बिमल श्रेष्ठले सन २०१६मा अमेरिकाको बाल्टीमोरमा भएको दोश्रो बिस्व नेवाः सम्मेलनको घोषणापत्र अनुसार बिस्व नेवाः दिबस मनाउने क्रम शुरु भएको र सो को सन्दर्भमा क्यानेडियन नेवाःगुठिले सन २०१७मा तीन दिने प्रथम उत्तर अमेरिका ब्यापि नेवाः सम्मेलन गरिएको स्मरण गर्नु भयो।

सोहि कार्यक्रममा गुठिका कार्यसमिति सदश्य डा. कृष्ण कायष्ठले क्यानडामा नेवाः संस्कृति जगेर्ना र प्रबर्द्दन गर्न महिलाहरुले गरेको योगदान बारे केन्द्रित रहेर “नारी हाम्रो सम्पदा” कबिता बाचन गर्नुभएको थियो भने नेवाः बौद्द धर्ममा टोरोन्टो बिस्वबिद्यालयबाट पिएच. डी. अनुसन्धान गरि रहनु भएका ईयन टर्नरले नेवाः समुदाय संस्कृति, कलाकृति, परम्परा, खाना ईत्यादिमा सम्पन्न रहेको बताउनु हुदै टोरोन्टो बिस्वबिद्यालयको आयोजनामा दुई हप्ते नेपाल भाषा प्रशिक्षण समर स्कूल संचालन हुने जानकारी दिनु भयो।

कार्यक्रममा सास्कृतिक सचिब राजेन्द्र महर्जन, दिपिसा डंगोल, प्रतिक महर्जनले धिमे बाजा र नेवाः नृत्य प्रस्तुत गरेका थिए भने सबिना शाक्यले नेवाः गीत प्रस्तुत गरेका थिए। त्यस्तै गरि नौ बर्षिया बालिका अनाहिता अमात्यले आकर्षकरुपमा भक्ति स्तोत्र बाचन गरेका थिए भने गुथिका अध्यक्ष उत्तम माकःजुले नेवाः समुदाय्मा खेलिने बिभिन्न प्रकारका खेलहरु बारे ब्याख्या गर्नु को साथै नेवाः खेल, भाषा तथा पर्बहरुबारे सामुहिक हाजिरी जवाफ कार्यक्रम संचालन गर्नु भएको थियो ।

सो हि कार्यक्रममा अशक्त बालिका तथा महिलाहरुको लागि संचालन गरिएको “सुनगाभा होम्स”को लागि गुथि द्वारा संकलित सहयोग रकम परियोजना संयोजक ज्योति बैद्यलाई हस्तान्तरण गरिएको थियो भने हस्तान्तरण पश्चात बोल्नु हुन्दै उहाँले गुथिको सहयोगकोलागि हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।

कार्यक्रमको दोश्रो भागमा महिला दिबसको सन्दर्भमा समाजको उत्थानमा महिलाहरुको योगदानको कदर गर्दै उपस्थित सबै महिला महानुभाबहरुलाई फूलको गुच्छाद्वारा सम्मान गरिएको थियो भने “काराब्राम फेस्ट २०२३”लाई सफल पार्न सहयोग गर्नु हुने सबै महिलाहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो। साथै सो कार्यक्रममा क्यानडामाको ईतिहासमा ओमेन एजुकेसन एण्ड स्किल डेभलपमेन्ट अर्गनाइजेसनले पहिलो पल्ट आयोजना गरिएको “मिसेस नेपाल-क्यानडा २०२४” प्रथम स्थान प्राप्त गर्न सफल श्रीमति सृष्टी श्रेष्ठ अमात्यलाई गुथिका अध्यक्ष उत्तम माकःजु र महिला समूह संयोजक रंजना सैन्जुले प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मान पस्चात सम्मानित ब्यक्ति श्रीमति सृष्टि श्रेष्ठ अमात्यले यो मुकुट बिजयको प्रतिक मात्र नभै यसले सम्पूर्ण महिला समुदायको सशक्तिकरणको पक्षमा वकालत गर्न प्रेरणा मिलेको छ भन्नु हुन्दै उपस्थित सबै महिलाबर्गमाआफ्नो आवाज राख्न तथा यस्मा समाजले सहयोग गर्न आव्हान गर्नु भयो। साथै महिला समूहले सम्मानित ब्यक्ति श्रीमति सृष्टि श्रेष्ठ अमात्यलाई नेवाः परम्परा अनुसार “धौ सगं” द्वारा बधाइ ज्ञापन गरिएको थियो।

दोश्रो भागको सो कार्यक्रममा रन्जना सैन्जुले सिटार बादन, राजेन्द्र महर्जन, दिपिसा डंगोल, प्रतिक महर्जनले प्रसिद्द नेवाः गीत “ऐला लुवया”मा नृत्य प्रस्तुत गरेका थिए भने महिला समूहका यशोदा श्रेष्ठ, गायत्री श्रेष्ठ, सबिना शाक्य, सुजिता मल्ल र नीलम श्रेष्ठले शीरैमा शीरबन्दि गीतमा सामूहिक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्तिम भागमा मा नेपाली संगितका मुर्धन्य नक्षत्र स्वर किन्नरी तारा देवी तथा कालजयी गायक प्रेमध्वज प्रधानको स्मृतिमा लक्ष्मण मुनि श्रेष्ठ, प्रकाश प्रधान,अमृत श्रेष्ठ, डा. हरि गुरुङ, हेमा चखुं, गोबिन्द घिमिरे,डा. किरण प्रधान, बाल्चन्द्र तथा अमृता श्रेष्ठ,सुजिता मल्ल, जलेन्द्र शाक्य, सुशिल अणु,प्रतिक प्रधान, नरेश ताम्राकार,बिमल श्रेष्ठ, डा. प्रज्वल प्रधान तथा डा. शर्मिला प्रधान, मुना मिश्र , नरेश ताम्राकार लगायतले उहाँहरुले गाउनु भएका गीत प्रस्तुत गर्नु भएको थियो भने रबिन प्रधान तथा उत्तम माकःजुले प्रेमध्वज प्रधानको नेवाः गीत “राजमति कुमति” र “वारी मथ्यों पारी मथ्यों खुसीया दथ्वी लात” गीत प्रस्तुत गरेका थिए।कार्यक्रममा गुथिका सचिब मधुर राजभण्डारीले कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नु हुने सबैलाई हार्दिक आभार ब्यक्त गर्नु भयो। कार्यक्र्ममा पाहुनाहरुलाई लोकप्रिय नेवाः खाजा “समेबजि” द्वारा सत्कार गरिएको थियो। कार्यक्रमको संचालन नरेश ताम्राकार तथा युवा

समिति संयोजक आयुश्ना श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया