इजरायली सेनाले कब्जा गरेको गाजाको पश्चिम किनारामा सैन्य छापा मार्दा १३ वर्षीय बालकको मृत्यु ,एक युवक गम्भीर घाइते

इनेप्लिज २०८० चैत १७ गते १०:२१ मा प्रकाशित

इजरायली सेनाले कब्जा गरेको गाजाको पश्चिम किनारा (वेस्ट बैंक)मा सैन्य छापा मार्दा १३ वर्षीय बालकको मृत्यु भएको छ ।

एक १३ वर्षीय प्यालेस्टाइनी किशोरलाई इजरायली सेनाले कब्जा गरेको पश्चिम किनारा (वेस्ट बैंक)को जेनिन शहर नजिकैको सैन्य आक्रमणको क्रममा शनिबार गोली हानेर मारेको प्यालेस्टिनी आधिकारिक समाचार सँस्था (एजेन्सी )वाफाले जनाएको छ।

मोतासेम अबु आबेद नाम गरेको बालक जेनिनको दक्षिणी भागमा रहेको काबातिया शहरमा इजरायली सेनाले गोली हानेका तीन जना प्यालेस्टिनीहरू मध्ये एक थिए । त्यस्तै एक युवक गम्भीर घाइते भएका छन् ।

इजरायली सेनाले सहरका छिमेकी वरपर सैन्य गाडीहरू तैनाथ गरेको छ र धेरै भवन र पसलहरूको छतमा स्नाइपरहरू तैनाथ गरेको वाफाले बताएको छ ।

वाफाले इजरायली सेनाले रुग्णवाहिणी (एम्बुलेन्स)हरूलाई घाइतेहरूलाई अस्पताल लैजानबाट रोकेको पनि बताएको छ।

प्रतिक्रिया