बाइडेनले ओबामा, क्लिन्टनसँग २५ मिलियन डलर उठाए

इनेप्लिज २०८० चैत १६ गते ११:३१ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनावी अभियानले २५ मिलियन डलर उठाएको छ ।

गत बिहिबार न्यूयोर्कको एक कार्यक्रममा त्यति ठूलो कोष संकलन गर्न बाइडेन चुनाव अभियान सफल भएको छ । बाइडेन चुनावी अभियानले “अमेरिकी इतिहासमा सबैभन्दा सफल राजनीतिक कोष सङ्कलनकर्ता” को दाबी गरिएको वाशिंगटपोस्टमा समाचार छ ।

राष्ट्रपति बाइडेनले गत बिहीबार न्युयोर्कमा पूर्व राष्ट्रपतिहरू बराक ओबामा र बिल क्लिन्टनलाई प्रस्तुत गर्ने कार्यक्रममा २५ मिलियन डलर भन्दा बढी सङ्कलन गरे।

न्यु योर्कको रेडियो सिटी म्युजिक हल(सङ्गीत सभाकक्षा)मा ५ हजार भन्दा बढी व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए । अभियानका अनुसार अतिथिहरूले २२५ देखि ५ लाख डलरसम्म सहयोग गरेका थिए । तीनै राष्ट्रपतिहरूलाई उभिएर स्वागत गरिएको थियो ।

प्रतिक्रिया