अलबिदा -पार्वती

इनेप्लिज २०८० चैत १६ गते १:४५ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

अलबिदा -पार्वती ! अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहर बसोबास गर्ने पार्वती रेग्मी पौडेल अब कहिले नफर्कने गरि सबैलाई छोडेर गएकी छन् । पार्वती अब हामी सबैको स्मृतिमा मात्र रहने छिन ।

गत आइतबार मेरिल्याण्ड राज्यमा गाडी दुर्घटनामा परि निधन भएकी पार्वती रेग्मी पौडेलको अन्तिम संस्कार भर्जिनिया राज्यको स्यानटिली शहरमा सम्पन्न भएको छ । मेरिल्याण्डमा गाडी दुर्घटनामा परि उहाको निधन भएको थियो । दाह संस्कार मार्च २८ बिहिबारका दिन सम्पन्न भएको छ । अन्तिम संस्कार १ बजे देखि ३ बजे सम्म राखिएको थियो ।

बैदिक विधि हिन्दु परम्परा अनुसार उनको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको छ । उनको परिवार/आफन्तजन तथा समुदायका सदस्यहरुले श्रद्धान्जली अर्पण गरेका थिए ।

अमेरिकी स्थानीय समाचार एबिसी७(डब्लुजेएलए)का अनुसार प्रिन्स जर्ज काउन्टीमा गत आइतवार राति करिव ६ बजे तिरदुईवटा सवारी साधन ठोक्किए पछि पार्वती रेग्मी पौडेललाई अस्पताल पुर्याइएपछि उनलाई मृत घोषित गरिएको थियो ।

दुर्घटनामा संलग्न अन्य चारजनालाई पनि अवस्थामा अस्पताल लगिएको थियो । उहाहरु वाशिंगटन डिसी घुमेर न्यूयोर्क घुम्ने जाने क्रममा दुर्घटनामा गाडी परेको थियो । स्व पार्वती रेग्मी पौडेल ४६ वर्षको हुनु हुन्थ्यो ।

ईनेप्लिज परिवार दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रती धैर्य धारण गर्ने शक्ती प्राप्त होस भन्दै समवेदना प्रकट गर्दछ ।

प्रतिक्रिया