बाल्टिमोरमा हुने श्रीमद् भागवत सप्ताहको तयारी लगभग पुरा ,बृद्धबृद्धा आमाबुवालाई यातायातको व्यवस्था

इनेप्लिज २०८० चैत १६ गते ०:१९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा आगामी मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म आयोजना हुने मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” को तयारी लगभग पूरा भएको छ।

सप्ताह अवधिभर मन्दिर दर्शन गर्न आउन चाहने बृद्धबृद्धा आमाबुवालाई यातायातको व्यवस्था समेत गरिएको छ । उक्त जिम्मेवारी बाग्लुङ्ग समाज अमेरिकाले गर्ने भएको छ । यस पटक कलश यात्राको लागी बिशेष कलश सजावट गरिएको छ । बिगत केही हप्ता देखि कार्यक्रम स्थलमा बिभिन्न समितिका स्वयमसेवकहरु अहोरात्र खटिई रहेका छन् भने सबैलाई सहभागी हुन् अनुरोध गरिएको छ । नेपालको पुरातात्विक महत्व झल्किने स्वागतद्वार निर्माण गरिएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन आउने भक्तजनहरुका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ ब्यबस्थापन कमिटिले प्रसाद बितरणको पनि प्रवन्ध व्यवस्थित रुपमा मिलाईसकेको छ । साथै भक्तजनहरुका निमित्त प्रसाद सहयोग गर्नुहुने सम्पुर्ण सहयोगदाताहरुलाई सबैको तर्फबाट धन्यवाद दिइएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा दिव्य कलशयात्रा,सामूहिक झाँकी,संगीतमय कथावाचन, भजनकीर्तन ,तुलादान ,१०८ शालिग्राम दर्शन,लाखबत्ती प्रज्वलनपितृमुक्ति हेतु पाठपारायण एवम् दीप प्रज्वलन ,प्रतिदिन रुद्राभिषेक,चौरासीपूजा ,सामूहिक व्रतबन्ध,सामूहिक वेल विवाह तथा हवन एवं सामूहिक ग्रहशान्ति पूजन आदि गरिने छ । समुदायले यसबाट प्रत्यक्ष लाभ लिन सक्ने छन् । र ,सबै नेपाली समुदायलाई यस बारेमा व्यापक प्रचार प्रसार समेत गर्न आयोजकले आह्वान छन् ।

आगामी मार्च ३० शनिबार देखि अप्रिल ६ शनिबार (चैत्र १७ – चैत्र २४) सम्म हिन्दु बुद्ध मन्दिर परिसर हुने सप्ताहब्यापी “मेरिल्याण्ड आध्यात्मिक महोत्सव ~ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” मा वाचनप्रविण पं. दीनबन्धु पोखरेलको प्रमुख बाचकत्वमा बिशाल सप्ताहब्यापी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हुनेछ । वाचनप्रविण पं. दीनबन्धु पोखरेल मेरिल्याण्ड आई सक्नु भएको छ ।

ईनेप्लिजसँग आजै बिभिन्न समितिका स्वयम सेवकहरुले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई तयारी लगभग पुरा भएको भन्दै सहभागिता जनाउन बिशेष अनुरोध गरेका छन् । साथै स्वयम सेवकहरुले सवारी साधन नभएमा पूर्व सूचना दिएमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ” मा दर्शन गराउने समेत इनेप्लिजलाई बताए ।

आध्यात्मिक ज्ञान-महायज्ञलाई ऐतिहासिक रुपमा सफल बनाउन “घर घरबाट सब जुटौं, बस्ती बस्तीबाट सबै उठौं र यस महाअभियानमा कोही पनि नछुटौं भन्ने नारालाई उच्च प्राथमिकता दिइएको छ ।

प्रतिक्रिया