बाइडेन प्रशासनद्वारा बाल्टिमोरको भत्किएको पुल निर्माण गर्न ६० मिलियन (६ करोड डलर)स्वीकृत ,हराई रहेका ४ जना अझै फेला परेनन्

इनेप्लिज २०८० चैत १५ गते २२:५९ मा प्रकाशित

बाइडेन प्रशासनले बाल्टिमोरको भत्किएको पुल निर्माण गर्न ६० मिलियन (६ करोड डलर)स्वीकृत गरेको छ । हराई रहेका ४ जनालाई अझै फेला पार्न सकेका छैनन ।

बाइडेन प्रशासनले मेरिल्याण्ड राज्यबाट अनुरोध प्राप्त गरेको केही घण्टा पछि पुल पुनर्निर्माणका लागि आपतकालीन राहत कोषमा ६० मिलियन डलर (६ करोड डलर )स्वीकृत गरेको ह्वाइट हाउसले बिहीबार साँझ बताएको छ ।

अमेरिकी यातायात सचिव पीट बुटिगिगले आजै सहयोग गर्ने र संघीय आपतकालीन कोषले मेरील्याण्डलाई तत्काल काम सुरु गर्न मद्दत गर्ने बताए ।

जहाजमा रहेका ५६ कन्टेनर(झिटी भाडो)हरूमध्ये खतरनाक सामग्रीहरू रहेका छन भने जसमा १३ वटा प्रभावित भएको सिएनएनले समाचारमा उल्लेख गरेको छ । सम्भावित खतराहरूको लागि औद्योगिक स्वास्थ्य विशेषज्ञद्वारा मूल्याङ्कन गरिएको छ । गत मंगलबार पुलमा मालबाहक ठोक्किए पछि उक्त पोतभार पानी जहाजमा साबुन लगायत अत्तर आदी पनि रहेको बताईएको छ ।

गोताखोरहरू ठक्करको कारण खतरनाक अवस्था भएकोले अहिले काममा बाधा भएको र रोकिएको अधिकारीहरूले बताए । साथै २,००० गजलाई सुरक्षा क्षेत्र लागू गरिएको छ ।

यसै गरि हराई रहेका परिवार तथा आफन्तजन/साथीभाईहरुले गोफन्डमि समेत संचालनमा ल्याएका छन् ।

प्रतिक्रिया