मेरील्याण्डमा प्रहरीलाई चक्कु प्रहार गर्ने सॅदिग्धलाई कर्तव्यमा नरहेका प्रहरीद्वारा गोली चलाउदा मृत्यु भएको मेरील्याण्ड प्रहरीले जनाएको छ ।
गत बुधवार प्रिन्स जर्ज काउन्टीको क्रेन राजमार्गमा एक अधिकारीलाई चक्कुले फोक्सो प्रहार गरेको आरोपमा एक व्यक्तिलाई गोली हानेको मेरील्याण्ड राज्य प्रहरीले बताएको छ ।
मेरील्याण्ड राज्य प्रहरीका अनुसार साँझ ५ बजे दुर्घटना भए पछि प्रहरीहरु त्यहा पुगेका थिए ।
बेलुका ६ बजेको केही समय अगाडि अफ-ड्युटी ( काममा नभएको अवस्था) मा रहेका प्रहरी ड्यारेन जोनलाई सहयोगको लागि बोलाईएको थियो । उनले घटनास्थलबाट सॅदिग्ध एक पैदल यात्री एन्नापोलिसका २८ वर्षीय इयान टिल्टन सडकमा हिडेको देखे ।
टिल्टनले चक्कु निकाले र प्रिन्स जर्जको काउन्टीका प्रहरी अधिकारीलाई चक्कु प्रहार गरेका थिए ।
प्रिन्स जर्जको काउन्टी प्रहरीहरुले टिल्टनलाई स्टन गन अर्थात बेहोस बनाउने बन्दुकको प्रहार गरे तर यो प्रभावकारी नभएको अधिकारीहरूले बताए ।
प्रहरी र सॅदिग्ध बीच भिडन्त भए पछि टिल्टनलाई गोली हानिएको थियो ।
प्रतिक्रिया