बाल्टिमोर पुल भत्किँदा जहाजमा २३ जना रहेको पुष्टी,मृत्यु भएको अनुमान गरिएका चार थप व्यक्तिहरूको खोजी गरिने

इनेप्लिज २०८० चैत १५ गते १०:५९ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा गत मंगलबार बाल्टिमोर पुल भत्किँदा पोतभार (कार्गो) जहाजमा २३ जना रहेको पुष्टी भएको छ । मृत्यु भएको अनुमान गरिएका चार थप व्यक्तिहरूको आज फेरी खोजी हुनेछ ।

बाल्टिमोरको की ब्रिजमा दुर्घटना हुँदा डाली नामक पोतभार (कार्गो) जहाजमा २१ चालक दलका सदस्य र दुई जना पानी जहाज चालक रहेका राष्ट्रिय यातायात सुरक्षा समितिका अध्यक्ष जेनिफर होमन्डीले बताइन ।

छानबिनको नेतृत्व गरिरहेको एनटीएसबीले डाली जहाजमा के भयो भन्ने पत्ता लगाउने र पुलको संरचना आफैं हेर्ने सिएनएनले जनाएको छ । मेरील्याण्डले आपतकालीन राहत कोषको लागि बाइडेन प्रशासनलाई अनुरोध बुझाएको मेरिल्याण्डका गभर्नर वेस मुरले जानकारी दिए ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डका एक वरिष्ठ ह्याजम्याट अन्वेषकले पोतभार जहाजको माल लादिएको सुची (म्यानिफेस्टमा )हेरे पछि त्यहा केही खतरनाक सामग्रीका ५६ वटा ठूला झिटीभाडो (कन्टेनर)हरू पहिचान गरेको संस्थाका अध्यक्ष जेनिफर होमन्डीले बुधबार बताइन ।

राष्ट्रिय यातायात सुरक्षा बोर्डका अध्यक्ष जेनिफर होमन्डीका अनुसार दुर्घटनाको अनुसन्धानमा दुई वर्ष लाग्न सक्ने बताइन । प्रहरी अधिकारीहरूले पुल भत्किँदा मृत्यु भएको अनुमान गरिएका चार थप व्यक्तिहरूको लागि खोज प्रयास गत बुधबार रोकेका थिए ।

प्रतिक्रिया