अध्यावधिक गरिएको : बाल्टिमोरमा पुल दुर्घटनामा हराई रहेका मध्ये ६ मध्ये २ जनाको शव फेला , २ जनाको सनाखत

इनेप्लिज २०८० चैत १४ गते २२:५३ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर पुल दुर्घटनामा ६ जना बेपत्ता भएका मध्ये २ जनाको शव फेला पारिएको छ । र , दुवैजनाको सनाखत भएको छ ।

मेक्सिकोका ३५ वर्षीय अलेजान्ड्रो हर्नान्डेज फ्युएन्टेस र बाल्टिमोरमा बस्दै आएका ग्वाटेमालाका र मेरील्याण्डको डुन्डल्कमा बस्ने २६ वर्षीय डोर्लियन रोनियाल कास्टिलो क्याब्रेरा आज बिहान पानीबाट शव निकालिएको छ ।

तिनीहरूका दुवै परिवारलाई सूचित गरिएको मेरिल्याण्ड राज्य प्रहरी प्रमुख रोलान्ड एल बटलर जुनियरले पत्रकारहरुलाई बताए । बाल्टिमोरको बन्दरगाहमा खोजकर्ताहरूले आज बिहान १० बजेभन्दा केही समय अघि दुई जनाको शव फेला पारेको प्रमुख आज दिउँसो अध्यावधिक गरेका छन् । गोताखोरहरूका लागि बन्दरगाहमा भग्नावशेष र गिट्टी ढुंगाको वरिपरि पत्ता लगाउन र गर्न वा सञ्चालन गर्न सुरक्षित नभएको उनले भने ।

बिशेष प्रणालीको माध्यमद्वारा पत्ता लगाउन प्रयास जारी रहेको र अझै पनि पानीमुनि फसेका गाडीहरू ढुंगा/पत्थरमा फसेको जानकारी दिए । अधिकारीहरूले बेपत्ता भएकाहरुको खोज प्रयास गर्दा गोताखोरहरू थकित भएको र साँझ ४ बजे पानी मुनी खोज गर्न बन्द गरिएको बताएका छन् ।

गत मंगलबार बिहान एउटा मालबाहक पानी जहाजले ठक्कर दिए पछि पुल भत्किए पछि ८ जना बेपत्ता भएका थिए । गत मंगलबार बाल्टिमोरको फ्रान्सिस स्कट की ब्रिज (पुल)मंगलबार बिहानै भत्किएको थियो । पुल खस्दा निर्माणाधीन आठ जना मजदुर खसेका थिए । तीमध्ये दुईजनालाई खोलाबाट निकालिएको थियो र दुवै बाँच्न सफल भएका थिए ।

प्रतिक्रिया